मकवानपुर / मकवानपुरका ८ महिने बालक प्रमेश पौडेल टाउकोको समस्याका कारण हाल काठमाडौंको महाराजगञ्जस्थित कान्तिबाल अस्पतालमा उपचाररत छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्वर–३ निवासी फणिन्द्र पौडेलका छोरा प्रमेश लामो समयदेखि टाउकोको समस्याका कारण उपचाररत छन् । उपचारको लागि आवश्यक रकम जोहो गर्न कठिनाई भएकाले पौडेल परिवारले सहयोग जुटाइदिन सबैसमक्ष अपिल गरेका छन् ।
प्रमेशको गत वर्ष २०७७ साल माघ महिनामा हेटौंडा अस्पतालमा जन्म भएको थियो । जन्म भएको केहीदिनमा नै जन्डिसबाट पीडित बनेका उनलाई उपचारको लागि चितवनको सीएमसी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा प्रमेशलाई टाउकाको समस्यासमेत देखियो । चिकित्सकले टाउको सम्बन्धी समस्या देखाउँदै केही महिनाको लागि औषधी दिएर घर पठाएका थिए । तर, केही दिनमा नै टाउकोको समस्या बल्झिएपछि उनलाई कान्तिबाल अस्पताल लगियो । कान्तिबालले पनि औषधी घर पठाएको भएपनि बालकको स्वास्थ्य अवस्थामा सुधार भने आएन ।
हेटौंडाका विभिन्न अस्पतालहरुमा पनि उनको उपचार गराइयो । अहिले पुनः विरामी बालकलार्ई उपचारको लागि कान्तिबालमै लगिएको छ । पटक–पटक अस्पताल जाँदै औषधी प्रयोग गर्दै घर फर्काएका उनलाई यो पटक भने लामो समय अस्पतालमा राख्न परेको पौडेल परिवारको भनाई छ । उनलाई पछिल्लो समय कान्तिबाल अस्पतालमा उपचारको लागि राखिएको २० दिन भयो । खेतीकिसानी गर्दै आएका फणिन्द्र हाल छोरासँगै अस्पतालमा छन् । उनकी श्रीमती सुस्मा पौडेल सामान्य गृहिणी हुन् । एकातिर घरव्यवहार धान्न मुस्किल भएको र अर्कोतिर छोराको उपचार कसरी गराउने भन्ने चिन्ता आफुहरुलाई रहेको उनीहरुको गुनासो छ ।
जग्गा धितो राखेर निकालिएको १० लाखभन्दा बढी पैसा उपचारमा खर्च भइसकेको र अब आर्थिक जोहो गर्ने कुनै उपाय नभएकोले प्रमेशका हजुरबुवा ज्ञानबहादुरले सबैसमक्ष आर्थिक सहयोग जुटाइदिन अनुरोध गरेका छन् । सहयोग गर्न चाहनेल उनको मोवाइल नम्वर ९८४५२७०६०३ मा सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।
- ADVERTISEMENT -

८ महिने बालकको उपचारका लागि सहयोग जुटाइदिन अपिल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.24
171.92

UK Pound Sterling
1
198.70
199.49

Swiss Franc
1
185.71
186.45

Australian Dollar
1
103.99
104.40

Canadian Dollar
1
105.90
106.32

Singapore Dollar
1
116.24
116.71

Japanese Yen
10
9.32
9.35

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.15
40.31

Qatari Riyal
1
41.37
41.54

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.61
36.76

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.48
15.54

Danish Kroner
1
22.91
23.00

Hong Kong Dollar
1
19.23
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.81
401.41

Omani Rial
1
391.55
393.11













