२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

धनकुटामा पहिरोले घर पुरियो, ६ जनाको घटनास्थलमै मृत्यु

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते
File Photo

धनकुटा / धनकुटाको चौबिसे गाउँपालिका–१, बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । घरमाथिबाट खसेको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका ९ वर्षीय नाति विनोद श्रेष्ठ, ५ वर्षीया नातिनी निर्जला श्रेष्ठ, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठ रहेका छन् ।
उक्त पहिरोमा परेर अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठ, ३३ वर्षीया उषा श्रेष्ठ, ११ वर्षीय सञ्जाल श्रेष्ठ र २८ वर्षीय चन्द्रकुमार श्रेष्ठ रहेका छन् ।
घाइतेमध्ये भेषबहादुर, लिला श्रेष्ठ र गणितकुमारीको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते हुनेमा भीमबहादुरको परिवारका सदस्य र आफन्त छन् । घाइतेको उद्धारका लागि लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा समस्या भएको हुँदा नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि उनीहरुलाई लैजाने तयारी भइहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51