चितवन / नेपाल मत्स्य व्यवसायी संघ चितवनले चितवनलाई माछामा आत्मनिर्भर घोषणा गरेको छ । संघले पत्रकार सम्मेलनमार्फत चितवनलाई माछामा आत्मनिर्भर भएको घोषणा गरेको हो ।
संघले जिल्लामा हाल ४ हजार ३८ मेट्रिक टन माछा बार्षिक उत्पादन हुँदै आएको र २ हजार ६ सय मेट्रिकटन खपत हुँदै जनाएको छ । वार्षिक ३ हजार मेट्रीकटन माछाको माग हुने गरेको संघका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिए ।
उनका अनुसार यस वर्ष उत्पादन वढे ६ हजार ६ सय ५३ मेट्रिकटन माछा उत्पादन हुने लक्ष्य राखिएको छ । १ हजार ३ सय ७ जना व्यवसायिक माछा खेती गर्नेहरु रहेका छन् । जहाँ २ हजार ८ सय ३१ जनाले प्रत्यक्ष रोजगार पाइरहेको संघले जानकारी दिए ।
जिल्लामा उत्पादित माछा मध्ये दैनिक २ टन जिल्ला बाहिरका बजारहरुमा जाने गरेको छ भने हाल दैनिक १ टन माछा छिमेकी राष्ट्र भारतबाट आउने गरेको भए पनि जिल्लाको बजारलाई यहीँको उत्पादनले धान्ने गरेको बताइएको छ ।
यहाँ उत्पादित माछाको मुख्य बजार चितवन, पोखरा र काठमाडौं रहेको छ । मुख्य बजारहरुमा केही मात्रामा फर्मालिन प्रयोग गरिएका माछा देखिएको भन्दै उनले यसलाई रोक्नका लागि स्थानीय निकायहरुसँग सहकार्यका लागि माग गरिएको बताए ।
चितवनको बजारमा हाल १ हजार ५ सय मेट्रिकटन बिक्रिका लागि तयारी भए पनि स्टकमा राखिएको छ ।
चितवनमा वि. सं. २०३८ सालदेखि माछा पालन सुरु गरिएको र २०६७ सालदेखि व्यवसायिक रुपमा सुरु गरिएको थियो । माडीको गोपालनगर र भरतपुरको शंकर चोकमा व्यक्तिगत प्रयोजनका लागि माछा पालिएको भए पनि यसको बिस्तारको अबधि २०४८ सालबाट सुरु भएको मान्न सकिन्छ ।
राज्यले माछा पालन व्यवसायमा २०४८ सालबाट अनुदान दिन थालेको थियो । तर पनि व्यवसायिक हुन नसकेको यो व्यवसाय अहिले आएर आत्मनिर्भर भएको नेपाल मत्स्य व्यवसायी संघ केन्द्रिय महासचिव जोगेन्द्र चौधरीको भनाइ छ ।
उनले भने, ‘राज्यले मत्स्य व्यवसायीलाई आत्मनिर्भर घोषणा गर्नका लागि कुनै निकायले ध्यान दिन नसकेकाले हामी आफैले घोषणा गर्नु परेको हो ।’
जिल्लामा ७ सय हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरिएको छ । माछा पालनका लागि ५ सय १३ हेक्टर क्षेत्रफल मात्रै प्रयोग भएको छ । नेपालमा अहिले ५५ हजार मेट्रीकटन माछा खपत हुँदै आएको छ । जस मध्ये ३० देखि ४० प्रतिशत नेपालको उत्पादनले धान्दै आएको छ ।
नेपालमा उत्पादित माछाभन्दा बाह्य बजारबाट आएका माछा व्यवसायीले सस्तोमा पाउने भएकाले नेपाली बजारमा ती माछाको प्रयोग बढ्दो क्रममा रहेको चौधरीले बताए । देशभरि ७० प्रतिशत व्यवसायीहरुले विदेशी माछाको प्रयोग गर्ने गरेको उनले बताए ।
- ADVERTISEMENT -

चितवन माछामा आत्मनिर्भर : मत्स्य व्यवसायी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22













