भरतपुर / डा सुरेश पाण्डेको ‘टेक्स्ट बुक अफ अर्थोपेडीक्स’ पुस्तक सार्वजनिक भएको छ । वरिष्ठ अर्थोपेडिक सर्जन एवम नेपाल अर्थोपेडिक एसोसिएसन चितवनका अध्यक्ष डा सुरेश पाण्डेको पुस्तक ‘टेक्स्ट बुक अफ अर्थोपेडीक्स’ सोमवार सार्वजनिक गरिएको हो । सो पुस्तक नेपाली चिकित्सा क्षेत्रको अर्थोपेडिकमा अध्ययन अध्यापन गर्न सकिने पुस्तक हो ।
उक्त पुस्तकको वरिस्ठ अर्थोपेडिक डा.आनन्दप्साद रेग्मी, वरिस्ठ क्यान्सर सर्जन डा. भक्तमान श्रेष्ठ, डा. अर्जुन श्रेष्ठ र लेखका बुबा पुष्पराज पाण्डे, लेखकका श्रीमती रोश्ना बरालले संयुक्त रुपमा सार्वजनिक गरेका हु्न् ।
नेपाली चिकित्सक क्षेत्रमा नेपाली चिकित्सकले लेखेको यो नै पहिलो किताब भएको लेखक पाण्डेले जानकारी दिए । विदेशीले लेखेका पुस्तकहरु पर्याप्त छन्,उनले भने ६ वर्षको मेहनतपछि पुस्तर तयार भएको उनको दावी छ ।
‘मेरो बुझाइमा अर्थोपेडिक क्षेत्रमा यो नै पहिलो पुस्तक हो जो नेपाली चिकित्सकद्वारा लेखियो ।’ उनले भने । देशभरका मेडिकल कलेजमा नेपाली चिकित्सकले लेखेको पुस्तक प्रयोगमा ल्याउन उनले आग्रह गरे ।
कितावको बुकिङ तीव्र भएको र धेरैले रुचाईदिएको, कितावमा अर्थोपेडिक सम्वन्धी खोज अनुसन्धानबाट आएका नतिजा समावेश गरिएको र तस्बिर सहित समावेश हुँदा पुस्तक सरल बनेको उनले बताए । नेपाली मेडिकल कलेजका विद्यार्थीलाई मात्रै नभई विदेशका मेडिकल कलेजमा समेत पुस्तक प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको जिकिर गरे ।
‘चिकित्सा क्षेत्र र विषेशगरी अर्थोपेडिक विधामा दुरगामी र भावी पुस्तालाई समेत हुनेगरी केही योगदान गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भएर पुस्तक लेखेको हु ।’ – उनले भने । कार्यक्रमका प्रमुख अतिथि डा आनन्द प्रसाद रेग्मीले नेपाल र नेपाल बाहिरका विद्यार्थीहरुलाई पुस्तक उपयोगी हुने बताए ।
यसले मेहनती अन्य चिकित्सकहरुलाई समेत आफ्नो क्षेत्रको विषयमा कलम चलाउन मद्दत मिल्ने र धेरै पुस्तकहरु प्रकाशित हुँदै जानेमा विश्वस्त रहेको बताउंदै शुभकामना दिए । विरामीलाई सेवा दिएर पनि समय बचाएर किताब तयार हुनु गोरवको कुरा भएको डा अर्जुन श्रेष्ठले बताए ।
नेपालभर करिव ५ सय अर्थोपेडिक डाक्टरहरु रहेकोमा चितवनमा मात्रै ४० जना अर्थोपेडिक चिकित्सक रहेका छन् । एकेडेमी र रिसर्चको क्षेत्रमा समेत अघि बढ्न प्रेरणा मिलेको उनको भनाई छ ।
डा. भक्तमान श्रेष्ठले चितवन चिकित्सकको क्षेत्रमा समेत अव्वल रहेको भन्दै आएकोमा पुस्तक प्रकाशनले त्यसलाई प्रमाणीत गरेको बताए । आफूले व्यवहारमा थाहा पाएको नतिजालाई कितावमा उतारेर तयार पारेको यो पुस्तक विद्यार्थी, प्राध्यापकलाई धेरै उपयोगी हुने बताए ।
१५ वर्ष भन्दा वढी अनवरत सेवामा रहेका डा पाण्डेले एमवीवीएस र एमएस अर्थोपेडीक्सको पढाईलाई केन्द्रित गरी नेपालका सबै स्वास्थ्य क्षेत्रका विश्वविद्यालयहरुको पाठ्यक्रमलाई आधार मानी तयार गरिएको जानकारी दिए । साथसाथै यो पुस्तक नवप्रवेसी अर्थपेडिक सर्जनहरु माझ पनि उपयोगी हुने उनको भनाई छ ।
पुस्तक ३१८ पेजको रहेको छ भने समिक्षा पब्लिकेशनले प्रकाशनमा ल्याएको हो । लेखक डा पाण्डेका अनुसार अहिले तत्काल नेपाल र सार्क देशहरुका मेडिकल कलेजहरुमा पुस्तक पुर्याउने लक्ष्य छ । मूल्य रु १४ सय रुपैयाँ भएपनि छुट सहित रु ११ सयमा बिक्री गरिएको छ ।
- ADVERTISEMENT -

डा पाण्डेको ‘टेक्स्ट बुक अफ अर्थोपेडीक्स’ पुस्तक सार्वजनिक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.11
149.71

European Euro
1
175.98
176.69

UK Pound Sterling
1
202.37
203.19

Swiss Franc
1
191.17
191.94

Australian Dollar
1
106.27
106.70

Canadian Dollar
1
108.43
108.87

Singapore Dollar
1
117.32
117.79

Japanese Yen
10
9.39
9.43

Chinese Yuan
1
21.88
21.96

Saudi Arabian Riyal
1
39.73
39.89

Qatari Riyal
1
40.90
41.06

Thai Baht
1
4.66
4.67

UAE Dirham
1
40.60
40.76

Malaysian Ringgit
1
37.74
37.89

South Korean Won
100
10.14
10.18

Swedish Kroner
1
16.28
16.35

Danish Kroner
1
23.55
23.64

Hong Kong Dollar
1
19.04
19.11

Kuwaity Dinar
1
486.73
488.69

Bahrain Dinar
1
395.26
396.85

Omani Rial
1
387.29
388.85












