२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

‘कुमाता’ माथि पाठक समिक्षा

प्रकाशित मिति : २०७७ श्रावण १३ गते

भरतपुर / पत्रकार तथा कथाकार वसन्त पराजुलीको कुमाता कथासंग्रह माथि पाठक समिक्षा गरियो । कार्यक्रममा वोल्ने बक्ताहरुले कृति माथि समिक्षा गर्दै कुमाता कथासंग्रहले समाजमा हुने यौन जन्य विकृतिहरु उजागर गरेको धारणा ब्यक्त गरे । महिलाको यौन मनोविज्ञानमा आधारित रहेर प्रकाशित भएको कुमाता कथासंग्रह सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानमा केन्द्रित रेहेको बक्ताहरुले औल्याए ।
कार्यक्रममा वोल्दै साहित्यकार तथा चितवन साहित्य परिषदका पूर्व अध्यक्ष गायत्री श्रेष्ठले नारी प्रेम, करुणा र शक्तिसगै उग्रचण्डी पनि भएको बताउनुभयो । कुमाता कथासग्रहभित्र रहेका कथाहरुको भाषा सरलता, नारी संवेदनशिलताका पक्षमा जोडका साथ उठेको भनाई उहाँको छ । यस्तै महिला अधिकारकर्मी मिना खरेलले पछिल्लो समय समाजमा देखिएका विकृति विसंगतिलाई कथाका रुपमा आएको बताउनुभयो ।
चितवन साहित्य परिषदका अध्यक्ष शुरेन्द्र अस्तफलले कथाहरुमा समावेश भएका आन्चलिकताले कथा मार्मिक र सुन्दर बनेको बताउनुभयो । समिक्षक तथा विश्लेषक रमेश प्रभातले कथामा विषय वस्तु सगै साहित्यीक वन्नुपर्ने कुरामा जोड दिनुभयो भने अर्कि समिक्षक प्राध्यापक शान्ति शर्मा, प्राध्यापक कपिलल अज्ञात लगाएतले कथा भित्र नाटकिय तत्व थप्नुपर्नेमा जोड दिए ।
रामेश्वर पुस्तकालयको आयोजनामा सम्पन्न सो कार्यक्रममा साहित्यकार केदार खनालले पनि वोल्नु भएको थियो । कार्यक्रममा वोल्दै कुमाताका लेखक वसन्त पराजुलीले कुमाता कुनै पनि कथाका सिद्धान्त, मान्यता र कुनै पनि दर्शनलाई नपच्छाएकाले मौलिक बनेको धारणा राखे । पराजुलीका कथासङ्ग्रहलाई भ’डिपुराण प्रकाशन प्रालीले वजारमा ल्याएको हो । ‘कुमाता’मा सङ्ग्रहीत दस कथाहरु फरकफरक विषयवस्तुमा केन्द्रित छन् । कथाहरुले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएको कुरामा समिक्षकहरुले जोड दिए । कार्यक्रम पुस्तकालयका अध्यक्ष वालकृष्ण थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51