२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026
२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026 Saturday

चितवनमा सातौँ कृषि गणना २०७८ को तयारी सुरु

प्रकाशित मिति : २०७८ चैत्र ४ गते

चितवन / चितवनमा कृषि गणना २०७८ तयारी सुरु गरिएको छ । चितवनमा हुन लागेको कृषि गणना २०७८ सातौं भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
विभागको तालिका अनुसार मंगलबारबाट जिल्लामा जिल्ला कृषि गणना कार्यालयको स्थापना गरिएको हो । देशलाई नीति बनाउन सहज होस भन्ने हेतुका साथै नेपालमा कृषिको अवस्था थाहा पाउन पनि कृषि गणना गर्न लागिएको हो ।
‘यसबाट समग्र देशको कृषि क्षेत्रको तथ्यांक उपलब्ध गराउने र नीति निर्मातालाई सहयोग पुर्याउने उद्धेश्य हो, कार्यालयका तथ्यांक अधिकृत यज्ञमुर्ति भण्डारीले भने, साथै देशको कृषिको अवस्था र अनुसन्धानकर्तालाई समेत सहयोग पुर्याउंँछ ।’ ‘ कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूल नारा सहित संघीयता पछिको पहिलो कृषि गणना तयारी अनुसार तथ्याङ्क कार्यालय चितवनकोे भवनमा नै कार्यालय स्थापना गरिएको तथ्यांक अधिकृत भण्डारीले जानकारी दिए ।
उनका अनुसार तालिका बमोजिम चैत्र ९ गते जिल्लामा यस क्षेत्रका सरोकारवाला निकाय,विज्ञ, कृषि शिक्षणसंस्था तथा कृषकहरु सहितको सचेतना कार्यक्रम गर्न लागिएको छ । केन्द्रीय तथ्यांक विभागको तालिका अनुसार चितवनमा कृषि गणनाको लागि ६४ जना गणक र १६ जना सुपरिक्षक गरी ८० जना खटिनेछन । गणनाको लागि चैत्र २५ देखि बैशाख २ सम्म तालिम हुने र बैशाख ६ गते देखि जेष्ठको १९ सम्म आर्थिक गणना हुने भण्डारीले बताए ।
आर्थिक गणनामा लगत एक अनुसार केन्द्रीय तथ्यांकले वैज्ञानिककरण विधि बाट गणना क्षेत्र बाट जिल्लामा १७९ गणना क्षेत्र तोकेको छ । यो क्षेत्रमा गणकले सूचीकरणको काम गर्ने र त्यसपछि सुपरवेक्षकले कृषक घरपरिवारको गणनाको छनौट गरिने छ । त्यसपछि लगत दुईमा कृषक घरपरिवारले प्रश्नावली भर्नुपर्ने हुन्छ । प्रश्नावलीमा परिचयात्मक खण्ड, कित्ताअनुसार बालीको क्षेत्रफल , जग्गाको उपयोग र उपभोग , स्थायी बाली र अस्थायी बाली , कृषि वन र माटो परिक्षण, सिंचाई का साथै पशुपंक्षीको गणना गरिने उनले जानकारी दिए ।
लगत ३ मा सामुदायिक प्रश्नावलीहरु रहनेछन । तथ्यांक पछि कृषि क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा दिने योगदानको परिणाम पनि आउने छ । विस २०१८ सालदेखि हरेक १०÷१० वर्षमा कृषि गणना गरिन्छ । संघीयतापछिको यो पहिलो गणना हो । गणना कार्यालय चैत्र १ देखि २०७९ जेठ मसान्त सम्म रहने उनले बताए ।भर्नुपर्ने जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डारीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61