२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

दोस्रो राष्ट्रिय महिला लिग : फराकिलो जित निकाल्दै शिर्ष स्थानमा एपिएफ

प्रकाशित मिति : २०७८ चैत्र १७ गते

चितवन / चितवनको भरतपुरमा जारी दोस्रो राष्ट्रिय महिला लिगको शिर्ष स्थानमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसी उक्लिएको छ । पहिलो खेलमा वालिङलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै आज बिहीबार एपिएफ शिर्ष स्थानमा उक्लिएको हो ।
एपिएफको फराकिलो जितमा हालै मात्र चोटबाट फर्किएकी स्टार फर्वाड सावित्रा भण्डारी साम्बाचार गोल गरिन् । यस्तै अनिता केसी, सरु लिम्बु र अनिता बस्नेतले एक–एक गोल गरे ।
पहिलो हाफमा एपिएफले २ गोल ग¥यो । खेलको २४ औं अनिता केसीले गोल गर्दै एपिएफलाई अग्रता दिलाईन् । वालिङकी गोलकिपरलाई बिट गर्दै अनिताले सहज गोल गरिन् । पहिलो हाफमै एपिएफले अग्रता दोब्बर बनायो । ४० औं मिनेटमा सरु लिम्बुले गोलगर्दै एपिएफलाई २–० को अग्रता दिलाईन् ।
दोस्रो हाफमा साम्बा मैदानप्रवेश गरेपछि एपिएफले ५ गोल थप्यो । प्रिती राईको स्थानमा मैदानप्रवेश गरेकी साम्बाले ५१ औंमिनेट व्यक्तिगत गोलको खाता खोलिन् । लेफ्ट विङबाट मन्जली योन्जनले निकालेको क्रसमा साम्बाले सुन्दर हेडर गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाईन् ।
६६ औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले ४(० को अग्रता लियो । ७५औं मिनेटमा आर्मीले पाचौं गोल ग¥यो । अनिता बस्नेतले डिबक्स बाहिरबाट गोल गर्दै एपीएफलाई ५–० को अग्रता दिलाईन् । ७९औं मिनेटमा साम्बाले हृयाट्रिक गरिन् । ७८ औं मिनेटमा अनिता केसीलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेकी सबिता राना मगरको एसिस्टमा गोल गर्दै साम्बाले हृयाट्रिक गरेपछि एपिएफले ६–० को अग्रता लियो ।
लगत्तै ८१ औं मिनेटमा साम्बाले व्यक्तिगत चौथो गोल गर्दै एपिएफलाई ७–० को जित दिलाईन् । यो जितपछि एपिएफ ३ खेलबाट ९ अंक बनाउँदै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । समान खेल खेलेको वालिङ भने अझै अंकविहिन छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20