२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रहरीमा कोरोना देखिएपछि ट्राफिक कार्यालय शिल

प्रकाशित मिति : २०७७ श्रावण २५ गते
Coronavirus economic impact concept image

चितवन / जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरमा कोरोना संक्रमित भेटिएपछि केहीदिनका लागि शिल गरिएको छ ।
ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टका अनुसार कार्यालयमै कार्यरत प्रहरी जवानमा शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि ट्राफिक प्रहरी कार्यालयलाई केहिदिनका लागि शिल गरिएको बताउनुभयो ।
प्रहरी प्रमुख भट्टले ट्राफिक कार्यालयभित्र बस्ने सबै प्रहरीको कोरोना परीक्षणपछि मात्रै निरन्तर सेवा प्रदान गरिने बताउनुभयो । जिल्ला ट्राफिक कार्यालयभित्र रहेर कार्यरत सबै प्रहरीलाई बाहिर निस्कन दिइने छैन । जिल्लाका अन्य विभिन्न बिटमा खटिएका ट्राफिक प्रहरीबाट नियमित चेकजाँचलाई अघि बढाइने प्रमुख भट्टले बताउनुभयो ।
बैंकका कर्मचारीलाई पनि संक्रमण
चितवनमा शनिबार कोरोना पुष्टि भएका मध्ये एकजना राष्ट्रिय बाणिज्य बैंक भरतपुर चौविसकोठी शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ । बैंकको फ्रन्ट डेस्कमै कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
प्रजिअ भट्टराईले कर्मचारीमै कोरोना संक्रमण देखिएपछि केहीदिन यता सो बैंकमा पुगेका सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गर्नुभएको छ । उनले भने– ‘केही दिन यता राष्ट्रिय वाणिज्य बैंक भरतपुर शाखा चौविसकोठीमा बैकिङ्ग कारोवारका लागि जानु भएको थियो भने केही दिनका लागि होम क्वारेन्टिनमा बस्नुहोला र नजिकको स्वास्थ्य कार्यालयमा सम्पर्क राख्नुहोला ।’
चितवनमा शनिबार बालक, प्रहरी र थुनुवागरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
(नारायणी अनलाइनबाट)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13