त्रिविको व्यवस्थापन संकायको परीक्षा स्थगित

0
26

काठमाण्डौं / त्रिभुवन विश्व विद्यालयलले भदौ दोस्रो हप्ता हुने भनेको व्यवस्थापन संकायको परीक्षा स्थगित भएको छ।
कोरोना संक्रमण बढिरहेको तथा विभिन्न जिल्लामा निषेधाज्ञा चलिरहेकाले भदौ दोस्रो हप्ता हुने भनिएको स्नातक र स्नातकोत्तर तहको परीक्षा स्थगित गर्ने निर्णय भएको सहायक डिन प्राध्यापक डाक्टर ध्रुववकुमार गौतमले निकालेको सूचनामा उल्लेख छ ।
यस अघि साउन ४ गते एक सुचना जारी गरेर त्रिविको व्यवस्थापन संकायले भदौ दोस्रो हप्ता परीक्षा लिने तयारी गरेको थियो।