२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विवादमा तानियो शहीद स्मृति क्याम्पसको जग्गा

प्रकाशित मिति : २०७९ असार ४ गते

चितवन / रत्ननगरमा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसले भोगचलन गर्दै आएको जग्गा विवादमा तानिएको छ । क्याम्पसले विगत ४० वर्षदेखि भोगचलन गर्दै आएको ३ कठ्ठा १५ धुर जग्गा विवादमा तानिएको हो ।
२०३७ सालमा ४ विगाहा जग्गा खरिद गरेको क्याम्पसले सोही जग्गासँग जोडिएको ३ कठ्ठा १५ धुर जग्गा भने जग्गाधनी दुर्गादेवी श्रेष्ठले दान दिने सहमति भएको क्याम्पसको दावी छ ।
क्याम्पसले तारबार गरेर प्रयोग गर्दै आएको जग्गा किनबेच भएको करिब ५ वर्षपछि थाहा भएको शुक्रबार क्याम्पसले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । क्याम्पसले भोगचलन गर्दै आएको जग्गा २०७३ सालमा अर्पना नेपाल र सुमित्रा खनाललाई बिक्री गरी नामसारी समेत गरिदिएको क्याम्पस प्रमुख धर्मदत्त तिवारीले बताए ।
क्याम्पस हाताभित्रको जग्गा भूमाफियाले चलखेल गरी कब्जा गरेको आरोप क्याम्पसले लगाएको छ । ४० वर्षदेखि भोगचलन गर्दै आएको जग्गा भोगचलन गर्नेकै अधिकार हुने व्यवस्थालाई आधार मानेर जग्गा फिर्ता हुनुपर्ने माग क्याम्पसको छ ।
जग्गा विवादमा तानिएपछि जेठ १६ गते सम्पन्न क्याम्पस सभाले क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी संयोजक रहेको जग्गा संरक्षण तथा विवाद समाधान समिति बनाएको छ । कानुनी प्रक्रियाकै टेकेर जग्गा क्याम्पसको पक्षमा ल्याउने समितिका संयोजक अधिकारीले बताए ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष इश्वरीप्रसाद अर्यालले ४० वर्षदेखि क्याम्पसले भोगचलन गर्दै आएको जग्गा भूमाफियाको कब्जामा परेको बताए । उनले क्याम्पसको जग्गा साझा सम्पती भएकोले कुनै पनि हालतमा फिर्ता हुनुपर्ने बताए । पत्रकार सम्मेलनमा राजनीतिक दलका प्रतिनिधि, प्राध्यापक, विद्यार्थी, क्याम्पससँग आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.57
153.17
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
207.09
207.91
Swiss Franc
1
189.29
190.04
Australian Dollar
1
109.48
109.91
Canadian Dollar
1
109.89
110.33
Singapore Dollar
1
119.94
120.41
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.64
40.80
Qatari Riyal
1
41.85
42.02
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.54
41.71
Malaysian Ringgit
1
37.83
37.98
South Korean Won
100
11.03
11.08
Swedish Kroner
1
16.00
16.06
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.21
499.17
Bahrain Dinar
1
404.69
406.28
Omani Rial
1
396.30
397.86