चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा आज (शुक्रबार) राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईद्धारा आज जारी एक सूचनामा भदौं ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भरतपुर महानगरपालिकाको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । आदेशको अवज्ञा गरिएमा प्रचलित कानुन बमोजिम कार्वाही गरिने प्रजिअ भट्टराईले बताए । पछिल्लो समय चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिदै गएकोले यसलाई नियन्त्रण गर्न निषेधाज्ञा गर्नुपरेको प्रजिअ भट्टराइले बताए ।
निषेधाज्ञाका अवधिमा खुल्ने क्षेत्रहरुः
१. अत्यावश्सकीय खाद्य सामग्री खरिद गर्न विहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म पाइने ।
२. लामो दुरीका मालवाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शव बाहन, तरकारी, फलफूल, तथा दूध ढुवानीका लागि प्रयोग भएका सवारी साधन, पशुपंक्षी, दाना बोक्ने सवारी साधन, खानेपानी तथा इन्धन ढुवानीका लागि प्रयोग हुने ट्यांकर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधनहरु ।
३. आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसलहरु ।
४. स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु ।
बन्द हुने क्षेत्रहरुः
१. अत्यावश्यक सामग्री खरिद गर्न विहान ५ देखि ८ बजे र बेलुका ५ देखि ८ बजेसम्म बाहेक अन्य समयमा कुनै पनि व्यक्ति घर बाहिर निस्कन र हिडडुल गर्न नपाइने ।
२. माथि उल्लेखित अतिआवश्यक बाहेकका निजी तथा सार्वजनिक साधन (दुई पाँग्रे र चार पाँग्रे) सबै संचालन गर्न नपाइने ।
३. आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसल बाहेक अन्य सबै व्यापार व्यवसाय बन्द हुने ।
४. अत्यावश्यक बाहेकका सरकारी कार्यालय, गैर सरकारी संस्था, बैंक तथा वित्तिय संस्था एवंम सहकारी संस्थाहरु सबै बन्द ।
५. धार्मिक, संस्कृतिक, सामाजिक (विवाह, ब्रतबन्ध)लगायत भेला जमघट, हुने कार्यहरु सबै बन्द ।
- ADVERTISEMENT -

निषेधाज्ञामा के खुल्ने ? के नखुल्ने ?

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












