२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कराँते खेलाडी ३९ जनाको ग्रेडिङ, पुराना पाँचलाई मानार्थ ब्ल्याक बेल्ड

प्रकाशित मिति : २०७९ भाद्र १८ गते

चितवन / नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनले जिल्लाका ३९ जना खेलाडीहरुको ‘अप—डन ग्रेडिङ’ गरेको छ । राष्ट्रिय खेलकुल परिषद्, नेपाल ओलम्पिक कमिटी, नेपाल कराँते महासंघ र नेपाल सितेरियो कराँते संघको सहकार्यमा आज (शनिबार) खेलाडीहरुको ग्रेडिङ गरिएको हो ।
भरतपुरमा सम्पन्न दीक्षान्त समारोहमा ३९ जना खेलाडीको ग्रेडिङ तथा पाँच जना पुराना खेलाडीलाई मानार्थ ब्ल्याक बेल्ड (फस्ट डन)को उपाधि प्रदान गरिएको नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनका अध्यक्ष टार्जन श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठकाअनुसार ग्रीन बेल्डबाट स्तरवृद्धि गरेका १६ जनालाई ब्ल्याक बेल्ड फस्ट डन, फस्ट डनबाट स्तरवृद्धि गरेका १४ जनालाई ब्ल्याक बेल्ड सेकेण्ड डन तथा सेकेण्ड डनबाट स्तरवृद्धि गरेका नौ जना खेलाडीलाई ब्ल्याक बेल्ड थर्ड डनको उपाधि प्रदान गरिएको छ ।
स्तरवृद्धिमा जिल्लाका सात वटै स्थानीय तहका कराँते खेलाडीहरु सहभागी रहेको भन्दै श्रेष्ठले जिल्लाका सबै डाउँमा डोजो निर्माण गरेर कराँते प्रशिक्षणलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकाले खेलकुदको विकास गर्दै खेलाडीको हौसला वृद्धि गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक प्राप्त गर्ने नगरभित्रका खेलाडीलाई पुरस्कार दिन सुरु गरेको बताउनुभयो ।
महानगरपालिकाले खेलकुद विकास समिति समिति गठन गरेर सबै क्षेत्रका खेलकुदको विकासमा महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो । बजेट विनियोजन गर्दासमेत खेलकुदलाई महत्व दिँदै बजेट विनियोजन गरिएको उहाँको भनाइ छ । सो कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत कराँतेका प्रमुख प्रशिक्षक हीरामान डंगोलले खेलकुदमा राजनीति छिराउने प्रयास भएको भन्दै यसको विरोध गर्नुभयो ।
प्रशिक्षकहरुले राम्रोसँग अध्ययन गरेर प्रशिक्षण दिएको खण्डमा मात्रै उत्कृष्ट खेलाडीहरु तयार पार्न सकिने बताउनुभयो । नागरिकलाई अनुशासन सिकाउने महत्वपूर्ण माध्यमको रुपमा कराँते खेल रहेको भन्दै उहाँले खेलकुदको क्षेत्रमा गलत गर्नेहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कराँतेका पूर्वप्रमुख प्रशिक्षक मदन उप्रेतीले पछिल्लो समय कराँतेको स्तर खस्किएको उल्लेख गर्दै यसको सुधारका लागि सबै खेलाडी लाग्नुपर्ने बताउनुभयो ।
सबैभन्दा अनुशासित खेल कराँते भए पनि केही वर्ष अगाडिको भन्दा स्तर निरन्तर खस्किदै गएको उप्रेतीको भनाइ थियो । नातावादबाटमाथि उठ्न नसके खेलको स्तर उकास्न नसकिने उप्रेतीले बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका—१ का वडाध्यक्ष केशव महर्जन, भरतपुर महानगरपालिका खेलकुद विकास समिति संयोजक विकास श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।
नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनका अध्यक्ष टार्जन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुदन दराईले गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34