२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इसुजु चितवन गोल्डकप : जागृति युवा क्लबद्वारा मकवानपुर ११ पराजित

प्रकाशित मिति : २०७९ भाद्र २६ गते

चितवन / क्याम्पाचौरमा जारी इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा नव जन जागृति युवा क्लब सिमरा विजयी भएको छ । आइतबार सम्पन्न खेलमा जागृति क्लबले मकवानपुर ११ लाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।
उक्त खेलमा सिमराका विवेक चौधरीले दुई गोल गरेका हुन् भने अर्को एक गोल सृजन गौतमले गरेका थिए । यस्तै मकवानपुरका सुजन गुरुङले एक गोल फर्काए ।
खेलको १७ औं मिनेटमा विवेकको गोलबाट सिमराले अग्रता लियो । २४ औं मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै सिमरालाई दोहोरो अग्रता दिलाए ।
पहिलो हाफमा मकवानपुरमाथि सिमरा हाबी भयो । मकवानपुरले पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन ग¥यो । ४७ औं मिनेटमा सुजनले गोल गर्दै मकवानपुरलाई खेलमा फर्काउने संकेत गरे ।
दोस्रो हाफमा मकवानपुरले थप केही अवसर सृजना गरे पनि सदुपयोग गर्न सकेन । ७० औं मिनेटमा सृजनले गोल गर्दै सिमराको जित सुनिश्चित गरे । दुई गोल गर्ने सिमराका विवेक म्यान अफ दि म्याच चुनिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । गोल्डकपमा सोमबार मनाङ एफसी र बागमती नगरपालिका सर्लाही भिड्नेछन् ।
खेल दिउँसो ४ बजे हुनेछ । भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72