२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर-९ लाई नमुना वडाका रूपमा विकास गर्दैछौँ : यमलाल कँडेल

प्रकाशित मिति : २०७९ भाद्र ३० गते

भरतपुर महानगरपालिका वडा नं ९ का वडाध्यक्ष यमलाल कँडेल प्रष्ट वक्ता र जुझारु नेता हुन् । वडाको समग्र विकासका लागि उनी लागि परेका छन् । सुरुदेखि नै कम्युनिष्ट सिद्धान्त अगाल्दै आएका कँडेल २०४८ सालदेखि एमालेको सङ्गठित सदस्यहुँदै २०७४ मा एमालेबाट वडा अध्यक्षमा विजयी भएका हुन् । उनी हालै सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा पुनः वडाअध्यक्ष हुन् सफल भएका छन् भने हाल नेकपा एकीकृत समाजवादीबाट जननिर्वाचित हुनुहुन्छ । नेकपा एकीकृत समाजवादीको जनप्रतिनिधिका रूपमा विजयी भएका कँडेलसँग वडाभित्रका गतिविधिबारे न्यूजप्रवाह डटकमका प्रधान सम्पादक बबिलाल तामाङले गरेको संक्षिप्त कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।
१) वडामा नगरी नहुने के कस्ता काम देख्नुभएको छ ?
भौतिक पूर्वाधारको क्षेत्रमा सडक बिस्तार, फुटपाथ, नाली, आधुनिक विद्युतिकरण, केरुङ्गा ट्रेन व्यवस्थापन, हरियालीसहितको फुटपाथ आदि देखेको छु । जस्तै ः
– शिक्षा, स्वास्थ्य, रोजगारमूलक तालिम, आयआर्जनमुखी कार्यक्रम, महिला हिंसा न्यूनीकरण, लागूऔषध तथा दुव्र्यसनी नियन्त्रण, धर्मसंस्कृति रितिरिवाज, भेषभूषाको संरक्षणमा परिवर्तन ल्याउने छु ।
– विषादी नियन्त्रण, पशु बिमा, कौसी खेती, करेसाबारी तालिम, भेटेरीनरी क्लिनिकजस्ता कार्यक्रम हुनेछ ।
– सामूहिक व्यवसाय, उद्यमलाई प्रोत्साहन गरिने छ ।
– वातावरण सरसफाइ, फोहोरमैला व्यवस्थापन गरिने छ ।
– पर्यटकीय पर्यावरण कार्यक्रमहरु अगाडि बढाइने छ ।
२) तपाईंको कार्यकालमा वडामा कस्तो परिवर्तन आउला ?
माथि दिइएका अनुसार कार्यक्रम तयार गरी क्रमिक सोही कार्यक्रमहरुलाई प्राथमिकताको आधारमा अगाडि बढाई सम्पादन गरिन्छ । जसको फलस्वरुप नमुना वडा बन्छ ।
३) वडावासीको समस्या थुप्रै छन्, कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?
वडामा शिक्षा, स्वास्थ्य, रोजगारमूलक तालिम, आयआर्जनमुखी कार्यक्रमलगायत थुप्रै समस्या छन् । भरतपुर महानगरसँग समन्वय गर्दै वडावासीको समस्याहरुलाई समाधान गर्ने तर्फ पहल गर्दै जानेछु ।
४) महिला र युवालक्षित के कस्ता कार्यक्रम छन् ?
खेल क्षेत्रको विकास, आत्मनिर्भर र स्वरोजगारसम्बन्धी कार्य साथै महिला हिंसाविरुद्ध अभियान, सिमपूलक तालिम,जनचेतना, सामाजक क्षेत्र विकास निर्माणलगायत वडाबाट गरिने विभिन्न क्रियाकलापमा महिला सहभागिता बढाइने छ ।
५) गरिब तथा विपन्न वर्गका लागि के कस्ता सुविधा छन् ?
सम्पूर्ण वडावासीहरुमा नजिकै आएको हिन्दूहरुको महान् चाड विजयादशमी, शुभदीपावलीलगायतका पर्वहरुको अवसरमा मंगलमय शुभकामना व्यक्त गर्दै समय सापेक्ष, तड्किलो–भड्किलो आर्थिक प्रभाव नपारी सामाजिक सद्भाव नबिगारी चाडपर्वको अवसरमा दिनदहाडै चोरी लुटपाट बढ्न सक्ने हुँदा आफैँले सजगता अपनाउन अपिल गर्दछु ।
६) अन्त्यमा वडावासीलाई के सन्देश दिन चाहनुहुन्छ ?
विकास निर्माणलगायत वडा कार्यालयबाट हुने सेवा प्रवाहमा कहीँकतै कमी कमजोरी भएमा सल्लाह सुझाव दिन अनुरोध गर्दछु साथै वडावासीको हरेक समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39