२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पत्रकार महासंघ चितवनलाई समाजसेवी चुकेले गरे जग्गा दान

प्रकाशित मिति : २०७९ कार्तिक ४ गते

चितवन / समाजसेवी बालगोपाल चुकेले नेपाल पत्रकार महासंघ चितवनलाई जग्गा दान गर्ने भएका छन् । भरतपुर महानगर पालिका–३, बेलचोक नजिकै रहेको १० धुर जग्गा चुकेले महासंघलाई उपलब्ध गराउने भएका हुन् ।
महासंघ चितवन शाखाले सो स्थानमा बहुउद्देश्यीय तालिम केन्द्र निर्माण गर्ने जनाएको छ । आफ्ना बुबा अनन्तलाल र आमा गंगादेवीको नाममा जग्गा उपलब्ध गराउने गरी शुक्रवार जग्गादाता चुके र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
चुकेले यसअघि नै बुबा आमाका नाममा पत्रकारिता पुरस्कार स्थापना गरिसकेका छन् । जग्गा प्राप्त भएसँगै सो पुरस्कारलाई महासंघले निरन्तरता दिने सम्झौतामा उल्लेख गरिएको छ । सो जग्गासँगैको करिब दुई कठ्ठा सार्वजनिक जग्गा भरतपुर महानगरपालिकाले यसअघि नै संरक्षणका लागि महासंघलाई दिने निर्णय गरिसकेको छ ।
शाखा अध्यक्ष अधिकारीकाअनुसार चुकेले प्रदान गर्ने जग्गामा भवन र सार्वजनिक जग्गामा पार्किङ, उद्यान निर्माण गरिनेछ । जग्गा प्राप्त भएसँगै विस्तृत अध्ययन प्रतिवेदन तयार गरी भवन निर्माणको काम अघि बढाइने अध्यक्ष अधिकारीले बताए ।
भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता भरतपुर महानगरपालिकाले जनाएको छ भने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु ३० लाख बजेट विनियोजन गरिसकेको छ ।
जग्गादाता चुकेले पत्रकारहरुको क्षमता अभिवृद्धिसँगै आर्थिक रुपमा सक्षम बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले बुबाआमाको नाममा जग्गा दिने निर्णय गरेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.57
153.17
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
207.09
207.91
Swiss Franc
1
189.29
190.04
Australian Dollar
1
109.48
109.91
Canadian Dollar
1
109.89
110.33
Singapore Dollar
1
119.94
120.41
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.64
40.80
Qatari Riyal
1
41.85
42.02
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.54
41.71
Malaysian Ringgit
1
37.83
37.98
South Korean Won
100
11.03
11.08
Swedish Kroner
1
16.00
16.06
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.21
499.17
Bahrain Dinar
1
404.69
406.28
Omani Rial
1
396.30
397.86