२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नारायणी नदीको खाल्डोमा फोहोर पुरेपछि …

प्रकाशित मिति : २०७९ मंसिर १६ गते

चितवन / उद्योग वाणिज्य संघ चितवनद्वारा पुस २५ गतेबाट आयोजना हुन गइरहेको ‘चितवन महोत्सव २०७९’ विवादमा परेको छ । महोत्सवका लागि तयारी भइरहेको स्थान नारायणी नदीको उत्तरतर्फको खण्डमा रहेको खाल्डोमा नारायणगढ बजारबाट निस्कने फोहोर पुरेपछि विवादमा मुछिएको हो ।
नारायणी नदी तथा मानव वस्ती नजिकै पुरेकोले फोहोरबाट वातावरणमा गम्भीर असर गर्ने भन्दै वे ग्रुप, बेटर चितवन, नेपाल विकास समाज र हाम्रो दृष्टि राम्रो दृष्टिलगायतका सामाजिक अभियन्ताहरुले एक विज्ञप्ति जारी विरोध जनाएका छन् । उनीहरुले बिहीबार पत्रकार सम्मेलन गरेर संघको उक्त कार्यको विरोध गरेका हुन् ।

नारायणी नदीस्थित फोहोर पुरिएको स्थानमा पानी हाल्दै भरतपुर महानगरपालिकाको गाडी ।

अभियन्ताहरुले विज्ञप्ति मार्फत पुरिएको फोहोर निकालेर सुरक्षित रूपमा अन्यत्र बिसर्जन गर्न भरतपुर महानगरसँग माग पनि गरेका छन् । सरोकारवाला निकायहरुले यस विषयलाई गम्भीरतापूर्वक नलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । विज्ञप्तिमा माटोको विकल्प फाहोर हुन नसक्ने भन्दै फिलिङ गरिएको फोहोरले नदी प्रणाली र मानव जीवनमा प्रत्यक्ष असर गर्ने जनाइएको छ ।
नारायणी नदी नजिकै फोहोर पुरिँदा आर्थिक क्षति, शहरी क्षेत्रमा बाढीको जोखिम र नारायणी नदीको पुलको संरचनालाई कमजोर बनाउने खतरा सिर्जना हुने बेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्कीको भनाइ छ । उनले भने, ‘यी फोहोरहरुले लामो समयसम्म नदीको इकोसिस्टमलाई क्षति पु¥याउनको साथै जलीय नदी प्रजातीहरुलाई असर गर्ने, पानीमा हानीकारक र विषादीयुक्त रसायन मिसिने र ग्राउण्ड वाटरलाई नेक्सान पु¥याउने गर्छ ।’

- ADVERTISEMENT -

Advertisement
नारायणी नदी नजिकै उत्खनन गरेपछि बनेको खाल्डो । उत्खनन नदीजन्य पदार्थ उक्त खाल्डोमा हालिएको थियो ।

भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवन दुबैले मानवीय त्रुटी भएको भनेर स्वीकार गरिसके पनि सुधार्न सक्रियता नदेखाएको जारी विज्ञप्तिमा जनाइएको छ । अभियन्ताहरुले डम्प गरिएका फोहोरलाई तत्कालै त्यहाँबाट निकालेर सुरक्षित विधि मार्फत् सुरक्षित स्थानमा व्यवस्थापन गर्न पनि माग गरेका छन् ।
उनीहरुका अनुसार नारायणी नदी किनारमा महोत्सव आयोजना गर्ने नाममा १५० भन्दा बढी ट्र्याक्टर फोहोर डम्प गरिएको छ । यसअघि पनि उनीहरुले महानगरलाई खबरदारी पत्र बुझाउँदै नारायणी नदी मात्र नभएर जलप्राणीहरूको घर हो भन्दै यसलाई दूषित बनाएर हामी कसरी उत्सव मनाउन सक्छौं ? भनेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51