काठमाडौं / विश्वकप २०२२ अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्सले अमेरिकालाई पराजित गरेको छ । कतारमा जारी भएको खेलमा शनिवार नेदरल्याण्ड्सले अमेरिकालाई ३–१ ले पछि पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
उक्त खेलमा नेदरल्याण्ड्सका लागि मेम्फिस डिपाए, डाले ब्लिन्ड र डेन्जल डमफ्राइसले गोल गरेका हुन् भने अमेरिकाका हाजी राइटले एक गोल फर्काएका थिए । खेलको दशौँ मिनेटमा मेम्फिस डिपाएले डेन्जल डमफ्राइसको पासमा गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए ।
जारी विश्वकपमा नेदरल्याण्ड्सका लागि कुनै पनि खेलमा पहिले गोल गर्दै अग्रता दिलाउन कोडी गाक्पो पछि दोस्रो खेलाडी बने । समूह चरणको तीनवटै खेलमा गाक्पोले पहिले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए ।
यस्तै अमेरिकाले ओपन प्लेमा गोल बेहोरेको पहिलो पटक हो । समूह चरणमा वेल्स विरुद्ध १–१ बराबरी हुँदा अमेरिकाले पेनाल्टीमा गोल खाएको थियो । पहिलो हाफमा नेदरल्याण्सले २ सट अन टार्गेट राख्दै २ गोल गर्न सफल हुँदा अमेरिकाले २ सट अन टार्गेट हाने पनि गोल गर्न सकेन ।
पहिलो हाफको इन्जुरी टाइममा डाले ब्लिन्डले पेनाल्टी बक्सबाट डमफ्राइसकै पासमा गोल गर्दै नेदरल्याण्ड्सको अग्रता दोब्बर पारे । ४२औं मिनेटमा अमेरिकाको टिमोथी वेहले पेनाल्टी बक्स बाहिरबाट हानेको लङ सट डच किपर नोपर्टले बचाए । नेचुरल सेन्टर फरवार्ड बिना मैदान उत्रेको अमरिकाले पाएको अवसर सदुपयोग गर्न सकेन ।
दुई गोल खाए पनि दोस्रो हाफमा अमेरिकाले सुरुवातदेखि नै नेदरल्याण्ड्समाथि दबाब बनाएको थियो । ४९औं मिनेटमा अमेरिका गोल नजिक पुगेको थियो । तर रियमको प्रहार नेदरल्याण्ड्सका गाक्पोले गोल लाइनबाट बचाएको थियो ।
दोस्रो हाफको सुरुवाती केही मिनेटपछि अमेरिका सुस्त बन्यो भने नेदरल्याण्ड्सले आक्रमक गर्न थाल्यो । ६१औं मिनेटमा नेदरल्याण्ड्सका डिपाएले पेनाल्टी बक्सछेउबाट प्रहार गरेको बल अमेरिकन किपर म्याट टर्नरले उत्कृष्ट फिंगरटिप सेभ गरेका थिए ।
७१औं मिनेटमा नेदरल्याण्ड्सले दुई अवसर सद्पयोग गर्न सकेन । दुवै प्रहार अमेरिकी गोलकिपर टर्नरले बचाए । ७५ औं मिनेटमा अमेरिकालका हाजी पाइटले गोल गर्ने अवसर गुमाए ।
७६औं मिनेटमा उनै राइटले क्रिस्टियन पुलिसिचको पासमा गोल फर्काउँदै अमेरिकालाई खेलमा सम्भावना कायम राखेका थिए । तर, ८१औं मिनेटमा डेन्जल डमफ्राइसले गोल गर्दै नेदरल्याण्ड्सलाई ३–१ को अग्रता दिलाए भने अमेरिकाको खेलमा फर्कने सम्भावना सकियो ।
८३औं मिनेटमा डिपाएको स्थानमा मैदान प्रवेश गर्दै युवा स्टार जाभी सिमोन्सले नेदरल्याण्ड्सका लागि डेब्यु गरे ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेदरल्याण्ड्स ३–१ गोलले अमेरिकालाई हराउँदै क्वाटरफाइनल प्रवेश

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













