चितवन / अटोमोबाइल्स व्यवसायी संघले राष्ट्र बैंकको मौद्रिक नीतिविरुद्ध शान्तिपूर्ण धर्ना गरी विरोध जनाएका छन् । संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीको नेतृत्वमा नाडा अटोमोवाइल्स अफ नेपालसहितको संयुक्त विरोध कार्यक्रम बिहीबार लायन्सचोकमा सम्पन्न भएको हो । अटोमोबाइल्स व्यवसायीले देशव्यापी रुपमा मौद्रिक नीतिको विरोध गर्दै आइरहेका छन् ।
विरोध कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले हाल देश चालु खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको बताए । मौद्रिक नीतिले हरेक व्यवसायी धरासायी बन्दै गएको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।
नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिका कारण समस्यामा परेका अटोमोबाइल्स व्यवसायीहरु देशव्यापी आन्दोलनमा छन् । चितवन अटोमोबाइल्स एशोसिएसनका पूर्वअध्यक्ष कृष्णप्रसाद काफ्लेले सरकार र गभर्नरबीचको द्वन्द्वले व्यवसायी मारमा परेको बताए । उनले बैंकहरुले ब्याज बढाउनुपर्ने आवश्यकता नै नरहेको जिकिर गर्नुभयो । नयाँ मौद्रिक नीतिका कारण जिल्लामा ४८ वटा शोरुमहरु बन्द भएको उनले बताए ।
नाडा अटोमोबाइल्स एशोसिएसनका कार्यसमिति सदस्य गोपाल भट्टराईले निजी क्षेत्रलाई बारम्बार प्रहार गरे देश श्रीलङ्का बन्न बेर नलाग्ने बताए । सरकारले अझै ध्यान नदिए व्यवसायी घर र व्यवसाय लिलामी गरेर विदेशिनु बाहेक अर्को उपाय नहुने उनको आक्रोश थियो ।
नाडा अटोमोबाइल्स एशोसिएसन कार्यसमिति सदस्य अमृत जोशीले बैंकको व्याज ७ प्रतिशतबाट बढेर १४ प्रतिशत पुग्दा अत्यन्तै मर्का परेको गुनासो गरे । बिरोध तथा शान्तिपूर्ण धर्ना कार्यक्रममा चितवन अटोमोवाइल्स एशोसिएसनका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, संस्थाका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु तथा सदस्यहरुको उपस्थिति थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

लायन्सचोकमा अटोमोबाइल्स व्यवसायीको राष्ट्र बैंकको नीतिबिरुद्ध धर्ना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

रसुवा बाढी अपडेट : २ सय ५८ जनाको शव फेला, ९ सय बढी सम्पर्कविहीन

भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला हुने

रसुवा बाढी अपडेट : छ बालिका र सात बालकसहित १५७ जनाको मृत्यु

रसुवा बाढीबाट प्रभावित जिल्लाहरू संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी बाढी प्रभावित क्षेत्र तीन महिना ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.57
153.17

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
207.09
207.91

Swiss Franc
1
189.29
190.04

Australian Dollar
1
109.48
109.91

Canadian Dollar
1
109.89
110.33

Singapore Dollar
1
119.94
120.41

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.64
40.80

Qatari Riyal
1
41.85
42.02

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.54
41.71

Malaysian Ringgit
1
37.83
37.98

South Korean Won
100
11.03
11.08

Swedish Kroner
1
16.00
16.06

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.46
19.54

Kuwaity Dinar
1
497.21
499.17

Bahrain Dinar
1
404.69
406.28

Omani Rial
1
396.30
397.86








