२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मेघौलीको प्रज्ञा एकेडेमी भवन निर्माण कार्य रोक्न निर्देशन

प्रकाशित मिति : २०७९ मंसिर २९ गते

चितवन / मेघौली विमानस्थलको एप्रोच लाइन नजिकै बन्दै गरेको प्रज्ञा एकेडेमीको भवन निर्माणको कार्य रोक्न भरतपुर विमानस्थलले निर्देशन दिएको छ । नागरिक उड्डेयन प्राधिकरणको अनुमतिविना भवन बनाएकाले रोक लगाइएको भरतपुर विमानस्थलका निमित्त प्रमुख दीपक विकले बताए ।
विमानस्थलको सिमानाबाट जम्मा ७ सय मिटर नजिकै ६ तले भवन बनाउने काम जारी थियो । अहिले चार तला बनिसकेको छ । ‘हामीलाई भवन बनाएको जानकारी नै थिएन, उहाँहरुले हामीसँग अनुमति लिनुभएको पनि छैन’ भरतपुर विमानस्थलका प्रमुख विकले भने, ‘प्राधिकरणको प्राविधिक टोली आएर यसको अवस्थाका बारेमा रिपोर्ट नदिइन्जेल भवनको काम रोक्न भनेका छौं ।’
एकेडेमीको भवनको नक्सापासका बारेमा विमानस्थललाई महानगरले जानकारी पनि नगराएको विमानस्थल प्रमुख विकले बताए । भरतपुर महानगरपालिका वडा नं. २७ मा बन्दै गरेको प्रज्ञा एकेडेमीले वडाबाट कुनै कागजात र सिफारिससमेत नलिएको वडाध्यक्ष रामबहादुर भण्डारीले बताए । विमानस्थलमा विमान अवतरण गर्ने लाइनमा नै अग्लो भवन बन्दै गरेको जानकारी भएपछि दुवै पक्षका बीचमा छलफल गराइएको वडाध्यक्ष भण्डारीले बताए ।
गैंडाकोटको अक्सफोर्ड कलेजका प्रमुख सञ्चालक हरि भण्डारीको समूहले भवन बनाउँदै गरेको हो । मेघौलीका तीनवटा निजी विद्यालयहरु पारामाउन्ट, ब्राइट फ्यूचर र अलमाइटीलाई मर्ज गराएर भण्डारीले प्रज्ञा एकेडेमी नाम दिएर विद्यालय सञ्चालन गरेका हुन् । झण्डै ४० करोड लगानीमा भवन बनाउन लागेको स्रोतको भनाइ छ ।भण्डारीले नयाँ भवन नबनुञ्जेल साविक पारामाउन्ट विद्यालयमा प्रज्ञा एकेडेमीको नामबाट विद्यार्थी पढाउँदै आएका छन् । भण्डारीले प्राविधिक धारबाट पढाउने भन्दै साना विद्यालय मर्ज गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51