चितवन / उद्योगी तथा व्यवसायीहरूले देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भएको बताएका छन् । उद्योग वाणिज्य संघको ५६औँ वार्षिक साधारणसभामा उद्योगी, व्यवसायीले राज्य संयन्त्रले निजी क्षेत्रलाई संरक्षण गर्न नसक्दा देशको अर्थतन्त्र खस्कदो अवस्थामा पुगेको जिकिर गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले देशको अर्थतन्त्र खस्किँदा निजी क्षेत्रमा लगानी गर्न चाहनेहरू डराउनु पर्ने अवस्था आएको बताए । विशेषगरी साना तथा मझौला उद्योगी व्यवसायी सबैभन्दा मर्कामा परेको उनको भनाइ थियो ।
उनले सरकारबाट राष्ट्र बैंकलाई गरेको जस्तो संरक्षण निजी क्षेत्रलाई पनि गर्नुपर्ने धारणा राखे । बैंक र बैंकर्सलाई मात्रै संरक्षण गर्दा देशको उत्पादनमा ह्रास भएको बताए । उनले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाए देशको अर्थतन्त्रमा सुधार हुने बताए । राज्यकै संरक्षण नपाएपछि निजी क्षेत्रका लगानीकर्ता असुरक्षित भएको उनको भने ।
महासंघका कार्यकारिणी सदस्य एवम् उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले निजी क्षेत्रमाथि लगाइएको चर्को ब्याजले निजी क्षेत्रमा धरासायी भएको बताए । बैंकले लागू गरेको चर्को ब्याजदरकै कारण आज उद्योगी, व्यवसायी आत्महत्यासम्मको बाटो रोजेको प्रष्ट पार्दै राज्यले बुझिदिनुपर्नेमा उनको जोड थियो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले निजी क्षेत्रको लागि सरकारले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए । उनले देश विकासमा निजी क्षेत्रको भूमिका सबैभन्दा बलियो हुने जिकिर गरेका थिए । अहिले राज्यले ध्यान नदिँदा देशमा सञ्चालित करिब ४० देखि ४५ प्रतिशत उद्योगधन्दा बन्द भइसकेको उनको भनाइ थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले निजी क्षेत्रको विकासका लागि तीनै तहको सरकारको भूमिका अहम हुने बताए । उनले निजी क्षेत्रलाई कमजोर पार्ने काम तीनै तहको सरकारबाट भएको बताए ।
भरतपुर महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत महेन्द्रप्रसाद पौडेलले भने निजी क्षेत्रको हितकै लागि करको दरभन्दा पनि दायरा फारकिलो बनाएर काम गर्ने प्रयास गरिरहेको दाबी गरेका छन् । उनले महानगरबाट करको दायरा फराकिलो बनाउँदै लगेको जिकिर गरे ।
वार्षिक साधारणसभाको अवसरमा फेन्सी व्यवासयी संघ चितवनलाई सम्मानित गरिएको छ । यसवर्षको उत्कृष्ट वस्तुगत संघ भनेर फेन्सी व्यवसायी संघलाई सम्मान गरेको हो । संस्थाको सदस्य संख्या, भौतिक पूर्वाधार विकास, संघमा आवद्धता तथा कार्यक्रममा देखाएको सहभागीता, सामाजिक उत्तरदायित्व, आर्थिक स्रोत परिचालन, सचिवालय व्यवस्थापनलगायतको मूल्यांकनको आधारमा फेन्सी व्यवसायी संघलाई सम्मान गरिएको हो । उद्योग वाणिज्य संघमा हाल ३५ वटा वस्तुगत संघ आवद्ध छन् ।
यसैबीच उद्योग वाणिज्य संघ चितवनले पहिलोपटक मोवाइल एपमार्फत सार्वजनिक गरेको छ । उद्योग वाणिज्य संघको ‘सिसिआइसी एप’ सार्वजनिक गरिएको हो ।
यस्तैगरी संघले साधारणसभाको अवसरमा विगतका वर्षजस्तै यसवर्ष पनि ‘उद्योग वाणिज्य सन्देश’ नामक विशेष बुलेटिन–२०६९ सार्वजनिक गरेको छ । संस्थाले गरेको हरेक गतिविधिलाई संस्थाका सदस्यसम्म पु¥याउने लक्ष्यसहित बुलेटिन प्रकाशन गरिएको बुलेटिन प्रकाशन समितिका संयोजक विज्ञानलाल श्रेष्ठले जानकारी दिए । उक्त बुलेटिन सोमबार उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठको उपस्थितिमा सार्वजनिक गरिएको हो ।
चितवन महोत्सवको तयारी
उद्योग वाणिज्य संघ चितवनले हरेक दुई÷दुई वर्षमा हुने चितवन महोत्सवको १४औँ संस्करणको तयारी थालेको छ । आउँदो पुस ५ गतेदेखि माघ ४ गतेसम्म हुने महोत्सवको आन्तरिक तयारी चलिरहेको संघका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए । प्रदर्शनी मैदान नारायणी नदी किनारमा हुने महोत्सवको लागि मैदान सम्याउनेलगायतका बाहिरी कामसमेत भइरहेको उनले बताए । चितवनको गरिमा र गौरवको आयोजना मानिँदै आएको महोत्सवबाट यसपटक पनि कृषि र पर्यटनले प्राथमिकता पाउने अध्यक्ष श्रेष्ठले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

उद्योगी–व्यवसायी भन्छन् : ‘देशको अर्थतन्त्र संकट उन्मुख’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

रसुवा बाढी अपडेट : २ सय ५८ जनाको शव फेला, ९ सय बढी सम्पर्कविहीन

भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला हुने

रसुवा बाढी अपडेट : छ बालिका र सात बालकसहित १५७ जनाको मृत्यु

रसुवा बाढीबाट प्रभावित जिल्लाहरू संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी बाढी प्रभावित क्षेत्र तीन महिना ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34









