चितवन / भरतपुर महानगरपालिका वडा नं. १ ले गुट्खा तथा सूर्तीजन्य पदार्थहरुमा प्रतिबन्ध लगाएको छ । वडाले आइतबार एक सूचना जारी गर्दै वडाभित्रका विभिन्न पसलहरुलाई गुट्खा तथा सूर्तीजन्य पदार्थहरु बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘सूर्तिजन्य पदार्थको बिक्री वितरणले मानव स्वास्थ्यमा नकारात्मक असर पर्न गई क्यान्सर जस्तो प्राणघातक रोग लाग्नुका साथै त्यस्ता पदार्थहरु प्याक भई आएको खोल (प्लाष्टिक प्याकेट)ले वातावरण बिगार्ने भएको हुँदा १५ दिने सूचना जारी गरिएको व्यहोरा जानकारी गरिन्छ ।’
‘यदि सूर्तिजन्य पदाथ बिक्री वितरण गरिएको भेटिएमा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराइन्छ ।’ वडाध्यक्ष केशव महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । वडाले सूर्तिजन्य पदार्थ बिक्री वितरण नगर्न आग्रह समेत गरेको छ ।

- ADVERTISEMENT -
















































