२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगरका प्रधानाध्यापकहरुलाई विद्यालय सुधार्न मेयरको निर्देशन

प्रकाशित मिति : २०७९ पुष २० गते

रत्ननगर / रत्ननगर नगरकार्यपालिकाअन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकस्तरीय बैठकले माघ १४ देखि १६ गतेसम्म राष्ट्रिय रनिङशिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।
रत्ननगर नगरशिक्षा कार्यालयद्वारा आयोजित बैठकले कक्षा ८ को परीक्षाका लागि जन्मदर्ता फर्म भर्ने निर्णय गर्नुका साथै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा देखिएका समस्या समाधान गर्न निर्देशन दिइएको थियो ।
कार्यक्रममा नगरप्रमुख प्रल्हाद सापकोटाले विद्यालयहरुमा नियमित हाजिर नगर्ने, सार्वजनिक खरिद प्रक्रिया नअपनाउने, भुक्तानी भइसक्दासमेत बिल भर्पाइ फछ्र्योट नगर्नेजस्ता समस्या देखिएकाले यस्तो प्रवृत्ति अन्त्य गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिए । विद्यालयले समयमै बिल पेस नगर्दा महालेखाले एक करोड तीन लाख रुपैयाँ बेरुजु औँल्याएको उनको भनाइ थियो ।
रत्ननगर नगरपालिकाले विद्यालयको हितमै काम गरिरहेकाले प्रशासनिकरूपमा कुनै पनि समस्या झेल्नु नपर्ने बताए । उपप्रमुख यादवप्रसाद पाठकले विद्यालयको निर्माण कार्यमा विधि प्रक्रिया अपनाउन आग्रह गरे । उनले भने, ‘भुक्तानी प्रक्रियामा चितवनमै हामी नमुना छौँ । कर्मचारीले दुःख दिएको भए गुनासो गर्नुस् । तर, समयमै काम गर्नुस् ।’ सबैभन्दा बढी बेरुजु विद्यालयमै देखिएकोले प्रशासनिक काममा चुस्तता अपनाउन उनले आग्रह गरे ।
प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले विद्यालयहरुको शैक्षिक प्रगति सन्तोषजनक नरहेको र निर्माणका काम प्रभावकारी नभएकोबारे नगरपालिकाको ध्यानाकर्षण भएको बताए । उनले भने, ‘विगतमा बेरुजु देखिने गरी काम भयो । अब अन्तिम रिपोर्ट पेश नगरेसम्म भुक्तानी दिइँदैन ।’ उनले शिक्षक, कर्मचारी, वडाध्यक्ष र राजनीतिक दलको नेतालाई उपभोक्ता समितिमा नराख्नसमेत निर्देशन दिए । संस्थागत कुराहरुलाई मनन गरेर अगाडि बढ्नसमेत उनले प्रधानाध्यापकलाई निर्देशन दिए ।
नगरशिक्षा अधिकारी बद्रिनारायण शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा शर्माले विद्यालयहरुलाई समयमै कार्यसम्पादन गर्न, शिक्षक तथा कर्मचारीको तलब वितरण गर्न र आगामी दिनमा गुनासो नआउनेगरी प्रभावकारीरूपमा काम गर्न निर्देशन दिए । विद्यालयमा जुनसुकै समस्या आएमा नगरशिक्षा कार्यालय समन्वय गर्न तत्पर रहेको उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.83
179.53
UK Pound Sterling
1
208.73
209.55
Swiss Franc
1
191.23
191.98
Australian Dollar
1
109.46
109.89
Canadian Dollar
1
111.17
111.61
Singapore Dollar
1
120.45
120.92
Japanese Yen
10
9.64
9.67
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.68
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.04
11.08
Swedish Kroner
1
16.15
16.21
Danish Kroner
1
23.92
24.01
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.34
406.93
Omani Rial
1
396.95
398.51