२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हराएको संस्कृति ब्युँताउन मौलिक कौराहा प्रतियोगिता गर्दैै

प्रकाशित मिति : २०७९ पुष २२ गते

चितवन / आदिवासी जनजाति समुदायमा प्रचलित मौसिक संस्कृति पश्चिमा संस्कृतिको प्रभावका कारण हराउने अवस्थामा पुगेका छन् । त्यसैले केही संघसंस्थाले त्यसलाई जगेर्ना गर्न भन्दै ब्युँताउने प्रयास थालेका छन् । नेपालमा प्रमुख आदिवासी जनजातिमध्येमा पर्ने मगर मगर सांस्कृतिक संघ चितवनले त्यसैलाई ध्यानमा राखेर भोलि (शनिबार) खुला कौराहा (कानराहा) प्रतियोगिता आयोजना गर्दैछ ।
चितवन जिल्लाका करिब १० समूहको सहभागीता रहने गरी प्रतियोगिता गर्न लागेको संघकी अध्यक्ष प्रेमकुमारी आलेमगरले जानकारी दिइन् । मौलिक बाजा (खैंजडी)को तालमा गाउने र नाच्ने चलन लोप हुने अवस्थामा पुगेपछि त्यसलाई ब्युँताउन पनि प्रतियोगिता आयोजना गरेको उनले बताइन् । ‘कम्तिमा वर्षमा एउटा प्रतियोगिता मात्रै गर्न सकियो भने पनि यसको संरक्षणमा टेवा पुग्थ्यो कि भन्ने हाम्रो ध्येय हो,’ उनले भनिन् ।
खासगरी तनहुँ, पाल्पा, म्याग्दी, रूकुम, रोल्पालगायतका जिल्लालाई मगर जातिको बसोबास भएको थलो मानिन्छ । तर, पछिल्लो समय बसाइसराइका कारण देशभरका प्रायः सबै जिल्लामा बसोबास गर्न थालिसकेका छन् । चितवनमा पनि ती सबै जिल्लाबाट आएर बसोबास गर्ने मगर जातिको संख्या उल्लेख्य छ ।
तर, बसाइसराइ गरी आएका मगर जातिमा मौलिक संस्कृति संरक्षण चुनौतीपूर्ण बन्दै गएपछि यसको संरक्षणमा लागेको संघका उपाध्यक्ष रमेश रानामगरले बताए । खैंजडी नै बजाएर नाचगान गर्ने चलन तनहुँ, पाल्पा र नवलपुरका केही स्थानमा जीवित रहे पनि बाँकी सबै जिल्लामा करिबकरिब हराइसकेको उनले बताए ।
भरतपुर महानगरपालिका वडा नं.७ को ‘जनजाति उत्थान’मार्फत एक लाख रूपैयाँ सहयोग पाउने भएपछि प्रतियोगिताको लागि थप टेवा पुगेको उनले बताए । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा हुने प्रतियोगितामा करिब तीन लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34