२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नयाँकिरण माविको खाना महोत्सव तथा भेषभूषा प्रदर्शनी

प्रकाशित मिति : २०७९ पुष २९ गते

चितवन / नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालयले बिहीबार विद्यालय परिसरमै खाना महोत्सव तथा भेषभूषा प्रदर्शनी गरेको छ । यसअघि २०७६ सालमा पहिलोपटक कार्यक्रम गरेको विद्यालयले दोस्रोपटक यो कार्यक्रम आयोजना गरेको छ ।
विद्यार्थीहरूमा पाक शिक्षाको व्यवहारिक ज्ञान तथा एकताको सूत्रमा बाँधिएको नेपाली सामानबारे जानकारी गराउन पनि यो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक रामेश्वर अधिकारीले जानकारी दिए ।
विद्यार्थी र अभिभावकहरूका बीचमा फरक खालको कार्यक्रम आयोजना गरेको विद्यालयले जनाएको छ । ‘सैद्धान्तिक ज्ञानसँगै व्यवहारमा आवश्यक पर्ने यस्ता अतिरिक्त कृयाकलापले विद्यार्थीमा व्यवहारिक ज्ञान आर्जन हुनेमा हामी विश्वस्त छौँ,’ विद्यालयका प्रधानाध्यापक अधिकारीले दाबी गरे । विद्यालयले गरेको लगानीमा विद्यार्थी आफैँले सामान खरिद गरेर महोत्सव सञ्चालन गरेका हुन् ।


महोत्सवबाट भएको कारोबारमा साँवा विद्यालयलाई फिर्ता गराएर नाफा भने विद्यार्थीलाई हुने गरी महोत्सव आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रके पाण्डेले जानकारी दिए । उनका अनुसार विद्यार्थीले सेलरोटी, तरकारी, अचार, आलुचप, मःम, मासुका विभिन्न परिकार, चियालगायतका १६ प्रकारका खानाका परिकार प्रदर्शनीमा राखेका थिए ।
दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म भएको कार्यक्रमबाट करिब ५० हजार रूपैयाँ बराबरको कारोबार भएको समेत विद्यालयले अनुमान गरेको छ । विद्यार्थीहरूलाई कर्णाली, महाकाली, कोशी र गण्डकी सदनमार्फत कार्यक्रममा सहभागी गराइएको थियो ।
तिनै विद्यार्थीले भेषभूषा प्रदर्शनीसमेत गरेका थिए । भेषभूषा प्रदर्शनीले भने विद्यार्थीलाई नेपाल एउटै फूलबारीको साझा चौतारीको रूपमा चिनाउने प्रयास गरिएको विद्यालयकी शिक्षिका एवम् महाकाली सदन समूहकी व्यवस्थापक प्रीति तामाङले जानकारी दिइन् ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं.११ का वडा सदस्य सागर कुमाल (तारा) प्रमुख अतिथि रहेका थिए । साथै नयाँकिरण टोल विकास संस्थाकी अध्यक्ष चण्डिका रेग्मी, शिक्षक अभिभावक संघकी अध्यक्ष कृष्णकुमारी अधिकारीलगायतको पनि उपस्थिति थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34