चितवन / चितवनमा लामो समयदेखि पत्रकारिता गर्दै आएका दुई जना पत्रकारलाई बुधबार नगदसहित सम्मानित भएको छ । पत्रकारद्वय सन्तकुमार चौधरी र तुलमान गुरुङ आठौं खिचरा महोत्सवको समापन समारोह सम्मानित गरिएको हो ।
समापन समारोहमा पत्रकारद्वय सन्तकुमार चौधरी र तुलमान गुरूङलाई जनही दश हजारका दरले नगदसहित सम्मान गरिएको हो । महोत्सव अवधिभर मात्र नभई हरेक समयमा पत्रकारिता क्षेत्रमार्फत आवाजविहीनहरूको आवाजलाई बुलन्द पार्न सफल भएको भन्दै सम्मान गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए ।
प्रमुख अतिथिका रूपमा रहेका खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनियाँको हातबाट सम्मान प्रदान गरिएको हो । करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका सन्तकुमार चौधरी नेपाल नेटवर्क टेलिभिजनका लागि चितवन संवाददाता हुन् भने करिब एक दशकदेखि पत्रकारितामा सक्रिय रहेका तुलमान गुरूङ चितवन पोष्ट दैनिकका संवाददाता हुन् ।
समग्र पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानसँगै आठौँ खिचरा महोत्सव सम्पन्न गराउनको लागि पनि विशेष भूमिका खेलेको आधारमा मूल्यांकन गरेर दुई पत्रकारलाई सम्मान गरिएको महोत्सव आयोजक संस्था थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं७ का सभापति चुडामणि चौधरीले जानकारी दिए । खिचराकै कारण चितवनका थारू समुदायलाई विश्वसामु चिनाउन सफल भएको उनले दाबी गरे ।
महोत्सवको समापन गर्दै खैरहनी नगरपालिकाका मेयर खनियाँले खिचरा महोत्सवकै कारण खैरहनी नगरपालिकाको गरिमा उँचो भएको बताए । ‘खैरहनीलाई चिनाउनको लागि खिचराले विशेष भूमिका खेलेको छ,’ उनले भने, ‘त्यसैले खैरहनीका लागि खिचरा र खिचराको लागि खैरहनी पर्यायवाची शब्द जस्तै बनिसकेको छ। ‘महोत्सवले समग्र नेपाली मौलिक संस्कृतिको विकासमा योगदान पु¥याएको उनले बताए ।
गत पुस २८ गतेबाट सुरू भएको महोत्सव बुधबार सम्पन्न भएको हो। कृषि प्रदर्शनीसहित १५० स्टल रहेको महोत्सवमा थारू खानाका परिकारहरूलाई समेत प्राथमिकताका साथ प्रदर्शनमा राखिएको थियो । २५ जिल्लामा बसोबास गर्ने थारू समुदायमा प्रचलित भेषभूषालाई समेत महोत्सवमार्फत प्रवद्र्धन गराउन सफल भएको आयोजक संस्थाका सभापति चौधरीले जानकारी दिए । चितवनका थारू समुदायले खिचरा पर्वको अवसर पारेर हरेक वर्ष खिचरा महोत्सव आयोजना गर्दै आइरहेको छ ।
महोत्सव अवधिभरमा विभिन्न खेलकुदका साथै खिचरा डान्स आइडल प्रतियोगिता भएको थियो। खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन भएको महोत्सवका समाचार सम्प्रेषण समितिका संयोजक दीपेश चौधरीले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका पत्रकारद्वय गुरुङ र चौधरीलाई नगदसहित सम्मान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51













