२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

आगो जलेर दुई जना घाइते, एकको अवस्था गम्भीर

प्रकाशित मिति : २०७९ माघ १५ गते
Sketch

पोखरा / पोखरा महानगरपालिका–१३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन् । जलेर घाइते हुनेमा पोखरा महानगरपालिका–१३ काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री र उनी बस्दै आएका घरको घरधनी संगीता सापकोटा भएको प्रहरीले जनाएको छ । घाइतेद्वय क्षेत्री र सापकोटा आइतबार बिहान दुर्घटनामा परेका हुन् ।
प्रहरीका अनुसार, जलेका दुई जनामध्ये महिलाको अवस्था गम्भीर छ भने पुरुषको अवस्था सुधारोन्मुख रहेको छ । उनीहरुको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
कृष्णबहादुरले संगीताको घरमा स्टेशनरी पसल चलाउँदै आएका थिए । कृष्णबहादुरकी श्रीमती र संगीताका श्रीमान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै रहेका छन् । घटनाबारे अनेक अड्कलबाजी भए पनि ठ्याक्कै यकीन भएको छैन ।
प्रहरीका अनुसार, कृष्णले शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्दा घरधनी महिलाले देखेर बोतल खोस्दा उनको शरीरमा पनि पेट्रोल परेको र आगो लागेको हो । घाइते कृष्ण आर्थिक समस्यामा थिए । उनकी श्रीमतीले मादीको ताङतिङमा पढाउँछिन् । कृष्णले प्रहरीलाई आफू आर्थिक समस्यामा रहेको र मर्न पाउनुपर्ने बताएका छन् ।
प्रारम्भिक अनुसन्धानले कृष्ण डिप्रेसनमा रहेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51