चितवन / स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबलमा क्वाटरफाइनल पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । आज सोमबार थप तीन खेल सम्पन्न भएसँगै क्वाटरफाइनलमा स्थान बनाउने सबै आठै टोलीको टुङ्गो लागेको हो । आज सम्पन्न पहिलो खेलमा थापा गाउँ भेटेरानले दरबार भेटेरान नुवाकोटलाई पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनायो । थापा गाउँले नुवाकोटको पोष्टमा आधा दर्जन गोल ग¥यो । थापा गाउँको फराकिलो जितमा सुनिलकुमार सुवेदीले ह्याट्रिक गरे ।
यस्तै शशी थापाले दुई तथा सुमन श्रेष्ठले एक गोल गरे । नुवाकोटका डम्बर शाहले एक मात्र गोल गरे । खेलमा अग्रता भने नुवाकोटले लिएको थियो । छैटौं मिनेटमा गोल गर्दै डम्बरले नुवाकोटलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको थापा गाउँले खेलमा उत्कृष्ट कमब्याक ग¥यो । पहिलो हाफको अन्तिम मिनेटमा सुनिलले थापा गाउँका लागि बराबरी गोल फर्काए । लगत्तै पहिलो हाफको अतिरिक्त मिनेटमा सुमनको गोलमा थापा गाउँले अग्रता लियो । दोस्रो हाफको तेस्रो मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३(१ को अग्रता दिलाए ।
१३ औं मिनेटमा उनले ह्याट्रिक पूरा गरे । २५ औं मिनेटमा शशीले गोल गर्दै थापा गाउँको अग्रता लम्बाए । २८ औं मिनेटमा शशीले व्यक्तिगत दोस्रो गोल गरेपछि थापा गाउँले ६(१ को फराकिलो जित दर्ता ग¥यो । थापा गाउँका सुमन म्यान अफ दि म्याच भए। दोस्रो खेलमा एक्स महेन्द्र पुलिस क्लबले बगरभाई खलक पोखरालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा पुलिस क्लब टाई ब्रेकरमा विजयी भयो । निर्धारित समयको खेल १(१ को बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा धकेलियो ।
टाई ब्रेकरमा पुलिसले ५(४ को जित निकाल्यो । त्यस अघि खेलको २० औं मिनेटमा शशी गौतमले पुलिसका लागि गोल गरेका थिए । दोस्रो हाफको चौथो मिनेटमा बगरभाई खलकका राजकुमार तामाङले बराबरी गोल फर्काएका थिए । पुलिसका गोल रक्षक राजेन्द्र गौतम म्यान अफ दि म्याच भए । तेस्रो तथा अन्तिम खेलमा कलकत्ता विजयी भयो । कलकत्ताले फ्रेन्ड्स भेटेरान कुपोन्डोललाई १(० ले हरायो । उसको जितमा प्रोबिर कुमारले गोल गरे । दोस्रो हाफको २९ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक बन्यो ।
कलकत्ताका गोलरक्षक सुरोजित म्यान अफ दि म्याच भए । प्रतियोगितामा मंगलबार क्वाटरफाइनल चरणका खेलहरु हुनेछ । पहिलो क्वाटरफाइनल खेलमा बिहान ११ बजे बर्दघाट भेटेरान नवलपरासी र आयोजक चितवन भेटेरान निलो भिड्नेछन् । दोस्रो खेलमा दिउँसो १ बजे साविक विजेता फ्रीडम फाइटर ठमेल र कलकत्ता भेटेरान भारत तथा तेस्रो खेलमा दिउँसो २स्३० बजे एक्स महेन्द्र पुलिस क्लब र चाबहिल भेटेरान भिड्नेछन् ।
चौथो तथा अन्तिम खेल दिउँसो ४ बजे आयोजक चितवन भेटेरान रातो र थापा गाउँ सुधार समिति भेटेरानबीच हुनेछ । चितवन भेटेरान क्लबको आयोजना तथा नारायणगढ लेडी जेसिजको सह आयोजनामा सुरु भएको प्रतियोगिता फागुन ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भेटेरान क्वार्टरफाइनल आजदेखि सुरु, नवलपरासी र चितवन भिड्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













