२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फ्रिडम फाइटरलाई चितवन भेटेरान कपको उपाधि

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते

चितवन / चितवन भेटेरान कपको उपाधि फ्रिडम फाईटर ठमेलले उपाधि जितेको छ । स्वर्गीय दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण कपको बिहीबार सम्पन्न फाइनलमा थापा गाउँ सुधार समितिलाई पराजित गर्दै ठमेलले उपाधि उचालेको हो ।
यसअघि पनि ठमेलले उपाधि जितेको थियो भने च्याम्पियन बन्ने क्रममा ठमेलले फाइनलमा थापा गाउँलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । ठमेलको कन्यसुब्बा गुरुङले दुई तथा विजय गुरुङ र नरकुमार राईले एक–एक गोल गरेका थिए ।
पहिलो हाफको चौथो मिनेटमा विजयले गोल गर्दै ठमेललाई सुरुवाती अग्रता दिलाएका थिए । ११ औं मिनेटमा सुनिल सुवेदीले थापा गाउँका लागि बराबरी गोल फर्काए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका नरकुमारले २६ औं मिनेटमा गोल गर्दै ठमेललाई अग्रता दिलाए ।
दोस्रो हाफमा ठमेलले थप दुई गोल ग¥यो । दोस्रो हाफको नवौं मिनेटमा कन्यले गोल गर्दै ठमेलको अग्रता लम्बाए । १७ औं मिनेटमा कन्यले व्यक्तिगत दोस्रो गोल गरेपछि ठमेल ४–१ ले विजयी भयो ।
विजेता बनेको ठमेलले ट्रफीसहित एक लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित थापा गाउँले ७५ हजार ५०० रुपैयाँमा चित्त बुझाएको छ । ठमेलका नरकुमार म्यान अफ दि म्याच चुनिए । विधागत पुरस्कारमा पनि ठमेलकै वर्चश्व रह्यो ।
ठमेलका राजकुमार घिसिङ प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी भए । उनले ट्रफीसहित दश हजार रुपैयाँ प्राप्त गरे । ठमेलका मुकुन्द थापा उत्कृष्ट गोलकिपर, ठमेलकै भीम श्रेष्ठ उत्कृष्ट डिफेन्डर, सुरज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक, थापा गाउँका सुमन श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र प्रतियोगिताभर पाँच गोल गरेका थापा गाउँकै सुनिल सुवेदी सर्वाधिक गोलकर्ता बने ।
उनीहरुले जनही पाँच–पाँच हजार रुपैयाँ प्राप्त गरे । चितवन भेटेरान फुटबल क्लबको आयोजना र नारायणगढ लेडी जेसिजको सह–आयोजनामा भरतपुर १० स्थित गेष्ट हाउस चौरमा सम्पन्न प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी थिए । स्वार्गीय राणा चितवनमा स्थानीय फुटबल खेलाडी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34