२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सन्दीप विदेश गएर खेल्न नपाउने, सर्वोच्चद्वारा अनुमति दिन अस्वीकार

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते
file photo

काठमाडौं / नेपाली क्रिकेटर सन्दीप लामिछाने विदेश गएर खेल्न नपाउने भएका छन् । नाबालिग बलात्कारको कसुर मुद्दाको पुर्पक्ष गरिरहेका सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश गएर खेल्न पाउने अनुमति दिन अस्वीकार गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेलाई विदेश गएर खेल्न पाउने अनुमति अस्वीकार गरेको हो । न्यायाधीश खतिवडाको एकल इजलासले लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा नै विचाराधीन रहेकोले दुबै मुद्दालाई लगाउमा राखेर सुनुवाइका लागि आइतबार संयुक्त इजलासमा पेसी तोक्न आदेश दिएको हो ।
लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । तर, यसअघि नै सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सरकार सर्वोच्च अदालत पुगेको थियो ।
गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपसँग २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा गर्ने आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म विदेश जान रोक लगाउने सहितका सर्तहरू राखेर धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यस लगत्तै पुस २९ गते २० लाख रुपैयाँ धरौटी राखेर लामिछाने रिहा भएका थिए ।
आजको सुनुवाइमा सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ताद्वय मुरारी प्रसाद सापकोटा र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34