–प्रतिमा तामाङ
भरतपुर । तामाङ पत्रकार संघ, जिल्ला शाखा चितवनले २०८० सालको भित्तेपात्रो विमोचन गर्दैछ । आज (बिहीबार) विशेष कार्यक्रम आयोजना गरी भित्तेपात्रो प्रकाशन तथा शुभकामना आदानप्रदान गर्ने तयारी गरिएको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए । चितवनमा रहेर विभिन्न सञ्चारमाध्यमहरूमा आवद्ध रहेका तामाङ सञ्चारकर्मीहरूको संगठनले आमाको मुख हेर्ने दिनलाई विशेष अवसर पारेर कार्यक्रम गर्ने तयारी गरेको उनले बताए ।
संघले हरेक वर्ष भित्तेपात्रो प्रकाशन गर्दै आएको छ । भित्तेपात्रोमा तामाङ समुदायको संस्कृति झल्कने टोपी, समुदायले गर्ने विभिन्न बाजा तथा घरायसी सामग्रीलाई भित्तेपात्रोमा समावेश गरिएको उनको भनाइ छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागेको संघले जनाएको छ ।
संघले संस्थागत गतिविधिमा महत्वपूर्ण योगदान दिने एक जना तामाङ सञ्चारकर्मीलाई सम्मान गर्ने तयारी गरेको समेत उनले बताए । कार्यसमितिका सह–सचिव सन्तोष तामाङलाई सम्मान गर्ने निर्णय भएको अध्यक्ष तामाङले बताए । वि.सं. २०७८ सालको अधिवेशनबाट कार्यसमितिमा निर्वाचित नमस्ते टेलिभिजनकर्मी तामाङले संस्थाको हरेक गतिविधिमा महत्वपूर्ण योगदान दिएकाले सम्मान गर्न लागिएको हो ।
‘भाषा तालिम’को तयारी
संघमा आवद्ध तामाङ सञ्चारकर्मीहरूले तामाङ समुदायको पहिचान र मुद्दालाई पत्रकारितामार्फत उजागर गर्दै आएको छ । तामाङ समुदायको लोप हुन लागेको भाषा, संस्कृति र पहिचानलाई जीवित राख्नको लागि निकट भविष्यमै ‘तामाङ भाषा प्रशिक्षण’ गर्ने तयारी गरिएको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा करिब ४० जना तामाङहरूलाई सहभागी गराई भाषा कक्षा सञ्चालन गरिनेछ । उक्त कार्यलाई निरन्तरता दिँदै जाने तयारी गरिएको उनले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

तामाङ पत्रकार संघ चितवनको भित्तेपात्रो विमोचन आज

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

रसुवा बाढी अपडेट : २ सय ५८ जनाको शव फेला, ९ सय बढी सम्पर्कविहीन

भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला हुने

रसुवा बाढी अपडेट : छ बालिका र सात बालकसहित १५७ जनाको मृत्यु

रसुवा बाढीबाट प्रभावित जिल्लाहरू संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी बाढी प्रभावित क्षेत्र तीन महिना ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.57
153.17

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
207.09
207.91

Swiss Franc
1
189.29
190.04

Australian Dollar
1
109.48
109.91

Canadian Dollar
1
109.89
110.33

Singapore Dollar
1
119.94
120.41

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.64
40.80

Qatari Riyal
1
41.85
42.02

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.54
41.71

Malaysian Ringgit
1
37.83
37.98

South Korean Won
100
11.03
11.08

Swedish Kroner
1
16.00
16.06

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.46
19.54

Kuwaity Dinar
1
497.21
499.17

Bahrain Dinar
1
404.69
406.28

Omani Rial
1
396.30
397.86









