April 18, 2024

चितवनमा आजदेखि ‘कोभिड १९ नकआउट फुटसल’ सुरु

April 28, 2023

चितवन / कोभिड १९ फुटसल ग्रुप भरतपुर ७ को आयोजनामा स्वर्गीय प्रतापसिंह गुरुङ स्मृति तेस्रो कोभिड १९ खुला नकआउट फुटसल प्रतियोगिता हुने भएको छ ।
ग्रुपका अध्यक्ष विक्रम गुरुङले आज (शुक्रबार) र भोलि (शनिबार) दुई दिनसम्म कोभिड १९ नकआउट फुटसल हुने बिहीबार प्रेस सम्मेलनमा मार्फत जानकारी गराएका हुन् । प्रतियोगिताका खेलहरु भरतपुर ७ स्थित चितवन फुटसल एण्ड स्पोर्ट्स जोनमा हुने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगितामा चितवन, काठमाडौं र मकवानपुर जिल्लाबाट २० टोली सहभागी हुनेछन् । चितवनबाट २० तथा काठमाडौं र मकवानपुरबाट समान २–२ टोली सहभागी हुने गुरुङले बताए । प्रतियोगिताका सबै खेलहरु महिला अफिसियलहरुले मात्रै खेलाउनेछन् ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार ५०० प्राप्त गर्नेछ भने उपविजेताले २६ हजार ५०० प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता संयोजक लिलामणी भण्डारीले बताए । प्रतियोगिता सम्पन्न गर्न दुई लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -