२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

जुरिखेतमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

प्रकाशित मिति : २०८० बैशाख २१ गते

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेतमा बुधबार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा बाराको पर्सौनि नगरपालिका वडा नम्वर ५ बस्ने २५ वर्षीय लाल बाबु सहनि मलाहा र मोटरसाइकलमा सवार २० वर्षीय गोरख भन्ने रबिन्द्र मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बुधबार साँझ ५ बजेको समयमा भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तरगत पर्ने उक्त स्थानमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०२० प ४२३७ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक लाल बाबु सहनि मलाहा गम्भीर घाइते भएका थिए भने मोटरसाइकलमा सवार रबिन्द्र मण्डल बेपत्ता भएका थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका लालबाबुको हेटौंडा अस्पतालमा उपचारको क्रममा बुधबार साँझ साढे ८ बजेको समयमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
यस्तै, दुर्घटनामा परेर बेपत्ता भएका रबिन्द्रको शव भने आज बिहान फेला परेको उनले बताए । उनको शव इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षकसहितको ७ जनाको टोलीले खोजतलास गर्ने क्रममा आज बिहान साढे ७ बजेको समयमा फेला पारेको जनाइएको छ ।
मृतक लालबाबुको शव हाल हेटौंडा अस्पतालमा राखिएको छ भने रबिन्द्रको शव पनि हेटौंडातर्फ ल्याउने तयारी भइरहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11