–बबिलाल तामाङ
चितवन । चितवन जिल्लाकै सबैभन्दा बढी घरधुरी आवद्ध भएको भरतपुर नगर तामाङ समाजले बाह्रौं साधारण सभा तथा चौथों अधिवेशन गर्ने भएको छ । भोलि शनिबार (जेठ १६) हुने बाह्रौं साधारण सभा तथा चौथों अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष पासाङ तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार बाह्रौं साधारण सभा तथा चौथों अधिवेशनमा दुई जना व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । सम्मानित हुने व्यक्तित्वहरु संस्थाका संस्थापक अध्यक्ष दिलमाया लामा र निवर्तमान अध्यक्ष गंगालाल लामा रहेका छन् । संस्थाको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान प्रदान गर्नु भएकोले उच्च मूल्याकंनसहित लामाद्वयलाई सम्मान गर्न लागेको उनले बताइन् ।
अधिवेशनमा नयाँ कार्यसमिति चयन गर्ने, संस्थागत प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गर्ने लगायतको कार्यक्रम रहेको छ । अधिवेशन भरतपुर ११, भोजडास्थित छेच्यु थर्पलिङ गुम्बामा हुने अध्यक्ष तामाङले बताइन् ।
समाजमा वडा नं. २,३,१०,११ र १२ गरी २३५ घरधुरी तामाङ समुदाय छन् । पाँच वटा वडाका घरधुरी आवद्ध यो संस्था चितवनकै ठूलो भएको उनले बताइन् । तामाङ समुदायको हकहित, धर्म, संस्कृति, भाषा, रितिरिवाज जगेर्ना गर्ने उद्देश्यले यो संस्थाको उदय भएको हो ।
भरतपुर नगर तामाङ समाज वि.सं. २०६७ सालमा स्थापना भएको हो । समाजले वर्षेनी छेच्यु थर्पलिङ गुम्बामा तामाङ समुदायको सबैभन्दा ठूलो पर्व सोनाम ल्होछार वृहत रुपमा मनाउँदै आएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुर नगर तामाङ समाजको अधिवेशन भोलि, दुई जना सम्मानित हुँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

रसुवा बाढी अपडेट : २ सय ५८ जनाको शव फेला, ९ सय बढी सम्पर्कविहीन

भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला हुने

रसुवा बाढी अपडेट : छ बालिका र सात बालकसहित १५७ जनाको मृत्यु

रसुवा बाढीबाट प्रभावित जिल्लाहरू संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी बाढी प्रभावित क्षेत्र तीन महिना ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.57
153.17

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
207.09
207.91

Swiss Franc
1
189.29
190.04

Australian Dollar
1
109.48
109.91

Canadian Dollar
1
109.89
110.33

Singapore Dollar
1
119.94
120.41

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.64
40.80

Qatari Riyal
1
41.85
42.02

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.54
41.71

Malaysian Ringgit
1
37.83
37.98

South Korean Won
100
11.03
11.08

Swedish Kroner
1
16.00
16.06

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.46
19.54

Kuwaity Dinar
1
497.21
499.17

Bahrain Dinar
1
404.69
406.28

Omani Rial
1
396.30
397.86









