२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

उपचारमा सहयोगको लागि निःशुल्क रगतको व्यवस्था गर्दै राप्ती नगरपालिका

प्रकाशित मिति : २०८० श्रावण २२ गते

चितवन / राप्ती नगरपालिकाका वासिन्दाले निःशुल्क रगत पाउने भएको छ । राप्ती नगरपालिका कार्यालयका नगर प्रमुख शमशेर लामा र रेडक्रस सोसाइटीको तर्फबाट नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलले एक सम्झौतापत्रमा हस्ताक्षर गरेपछि आवश्यक परेको खण्डमा निःशुल्क रगत पाउने भएको हो ।
राप्ती नगरपालिकाका प्रमुख लामाले रगत अभावमा नगरवासीलाई अबदेखि दुःख हुने बताएका छन् । नगरवासीलाई आवश्यक पर्दा रक्तसञ्चार कार्यालय भरतपुरबाट निःशुल्क रगत पाउने व्यवस्था गरिएको उनको भनाइ छ ।
उनले आर्थिक रुपमा विपन्न परिवारलाई उपचारमा राहत पुगोस भन्ने हेतुले पालिकाबाट सो अभियान थालिएको बताए । आगामी दिनमा पनि रेडक्रससँग सहकार्य गरी अन्य कार्यक्रमहरु पनि गर्दै लैजाने उनले विश्वास दिलाए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाका सह मन्त्री महेश्वर थपलियाले पालिकाका कोही पनि रगत अभावमा छटपटिन नपर्ने बताए । उनले रगत अभावमा रहेका जनताको लागी आवश्यक सहजीकरण सहित निःशुल्क रगत पाउने बताए ।
कार्यक्रममा राप्ती नगरपालिका वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी, प्रमुख प्रशासकिय अधिकृत निलक कुमार न्यौपाने, जिल्ला शाखा मन्त्री राममणी खनाल, जिल्ला शाखा कोषाध्यक्ष विजयराज खनाल रक्तसञ्चार प्रमुख रमेशकान्त पौडेलले आफ्नो धारणा राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11