चितवन / इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित नाम्सिखोला पुलमा सुख्खा पहिरो खसेको छ । आज (मंगलबार) बिहान करिब साढे ६ बजे पहिरो खसेको सडक सुपरभाइजर ईश्वरले क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीका अनुसार पहिरोका कारण मुग्लिन–नारायणगढ सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ । ढुङ्गा खस्ने क्रम जारी रहेकोले पहिरो पन्छाउन समस्या भैरहेको उनले बताए ।
- ADVERTISEMENT -

सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले सुख्खा पहिरो खसिरहेकाले बाटो खुलाउन करिब २ घण्टा लाग्ने बताए ।
पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ ।
- ADVERTISEMENT -









































