२०८३ असार १७, बुधबार
July 1, 2026
२०८३ असार १७, बुधबार
July 1, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘परदेशी २’ को प्रदर्शन असोजको अन्तिम साता

प्रकाशित मिति : २०८० आश्विन ६ गते

चितवन / गायक तथा निर्देशक नारायण रायमाझीद्वारा निर्देशित चलचित्र परदेशी २ यही असोज २६ गतेबाट प्रदर्शन आउने भएको छ । गोर्खा पल्टन र परदेशीजस्ता सफल चलचित्र बनाइसकेका निर्देशक नारायण रायमाझीले शुक्रबार प्रेस सम्मेलन मार्फत परदेशी २ प्रदर्शन हुन लागेको जानकारी गराएका हुन् ।

उनले उक्त चलचित्रमा विदेशमा पढ्न जाने विद्यार्थीहरुको कथामा आधारित रहेको बताए । उच्च शिक्षाका लागि परदेशीने नेपालीको विदेश भोगाईलाई दुरुस्तै कथामा उतारेको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

गीतसंगीतलाई चलचित्र जसरी छनक दिने गायक तथा संगीतकार एवम् परदेशी २ बाट पहिलो पटक चलचित्रमा पाइला चालेका नायक प्रकाश सपुतले चलचित्रको कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रहेर जोडिएको जानकारी दिए । गीतसंगीत गर्नु र चलचित्र गर्नु विल्कुलै फरक रहेको र परदेशी २ मा जोडिँदा चुनौती नै मोलेर यस चलचित्रमा आवद्ध भएको उनले बताए ।

‘नारायण सर र म गीतसंगीत कै भएकाले काम गर्न त्यति असहज भएन’ सपुतले भने । चलचित्रमा उनलाई एउटा विदेशिने विद्यार्थीको भूमिकामा देखिने जानकारी दिए । परदेश हुदाँ घर, साथी, पढाई साथै काममा हुने भोगाइ र यादहरुलाई चित्रण गरिएको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

नायिका केकी अधिकारीले चलचित्रको सबैभन्दा बलियो पक्ष भनेको गीत र कथा नै रहेको जनाइन् । चलचित्रमा एकजना परदेशी हुँदा उसको परिवार त सधै उसको पर्खाइमा रहने भयो तर उसँग जोडिएको उसको प्रेमलाई पनि चलचित्रमा देखाएको उनले बताइन् ।

साथै देशमै गरे यही सुन फल्छ भन्ने मूलमर्म चलचित्रले बोकेको अधिकारीले बताइन् । चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी र वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, प्रशान्त तामाङ, दीलिप रायमाझी, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्कीलगायतको अभिनय छ । राजेश बंशल (अग्रवाल) र नारायण रायमाझीले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् ।

मानकृष्ण महर्जनको छायांकन, बिबी अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ, दीर्घ खड्काको सम्पादन रहेको छ ।

चलचित्र युनिटले बिहीबार र शुक्रबार चितवनमा केही कलेजहरुमा ‘विदाई’ शीर्षकको गिती नाटक प्रस्तुत गरेको थियो । कार्यक्रम चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष गोविन्द अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.16
151.76
European Euro
1
172.28
172.97
UK Pound Sterling
1
200.07
200.86
Swiss Franc
1
186.70
187.44
Australian Dollar
1
104.06
104.47
Canadian Dollar
1
106.17
106.59
Singapore Dollar
1
116.75
117.22
Japanese Yen
10
9.31
9.35
Chinese Yuan
1
22.28
22.37
Saudi Arabian Riyal
1
40.24
40.40
Qatari Riyal
1
41.47
41.63
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
37.00
37.15
South Korean Won
100
9.75
9.78
Swedish Kroner
1
15.52
15.58
Danish Kroner
1
23.05
23.14
Hong Kong Dollar
1
19.28
19.35
Kuwaity Dinar
1
490.94
492.89
Bahrain Dinar
1
400.93
402.52
Omani Rial
1
392.64
394.20