२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

अपाङ्गमैत्री संरचनाको आवश्यकता

प्रकाशित मिति : २०८० मंसिर २१ गते

‘दिगो विकासका लक्ष्यहरू पूरा गर्न अपाङ्गता भएका व्यक्तिहरूको लागि र अपाङ्गता भएका व्यक्तिहरूद्वारा एकीकृत कार्य’ भन्ने मूल नाराका साथ यसवर्ष ३२औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । संयुक्त राष्ट्रसंघको आह्वान्मा सदस्य राष्ट्र नेपालले अनुमोदन गरेका राष्ट्रसंघीय प्रावधानअनुरुप नेपालमा पनि यो दिवस विशेष महŒवका साथ मनाइँदै आएको छ । यो दिवस मनाउनुको अर्थ अपाङ्गता भएका व्यक्तिहरुका समस्या र मागहरुका सम्बन्धमा संवेदनशील रहँदै अपाङ्गतामैत्री वातावरण निर्माणमा प्रतिबद्ध हुनु नै हो । नेपालको संविधानमा अपाङ्गताको आधारमा कुनै भेदभाव, सेवासुविधा र अवसरबाट वञ्चित गर्न नपाइने र अपाङ्गता भएका व्यक्तिहरुलाई समावेशिताको सिद्धान्तका आधारमा राज्यका हरेक संरचनामा सहभागिता र प्रतिनिधित्वको अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख छ । कानुनी दृष्टिमा सबै नागरिक समान हुने औपचारिक विश्व मान्यताअनुरुप नेपालले शारीरिक अवस्था, अपाङ्गता तथा स्वास्थ्य स्थितिका आधारमा उनीहरुलाई विशेष संरक्षण, सशक्तीकरण वा सुविधा प्रदान गर्न सकिने अधिकारमुखी प्रावधान संविधानमै अंकित गरेको हो । सरकारले अपाङ्गता भएका व्यक्तिहरुका हकअधिकारलाई सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मानित जीवन बाँच्न, सक्रिय र उत्पादनशील बन्न, राज्यका सेवासुविधाहरु निर्वाधरुपमा उपयोग गर्न ऐन तथा कानुनहरु बनेका छन् । तर, ती ऐनमा भएका व्यवस्थाहरु कार्यान्वयन नहुँदा अपाङ्गता भएका व्यक्तिहरु समस्यामा परेका छन् । हरेक सरकारी कार्यालय, भवन र बाटाहरु अपाङ्गमैत्री हुनुपर्ने प्रावधान रहे पनि अहिलेसम्म अधिकांश जिल्लाका सरकारी कार्यालयहरु अपाङ्गमैत्री बन्न सकेका छैनन् । पुराना भवनमात्रै नभई नयाँ बनाइएका सरकारी कार्यालयसमेत अपाङ्गमैत्री हुन नसक्दा अपाङ्गता भएकाहरु पीडित बनेका छन् । सरकारी कार्यालयहरु अपाङ्गमैत्री नहुँदा थुप्रै अपाङ्गता भएका मानिसहरु प्रत्यक्षरुपमा कार्यालयको पहुँचसम्म पुग्न सकिरहेका छैनन् । यस्ता व्यक्तिहरु सरकारी सेवासुविधाबाट समेत वञ्चित हुनु परेको गुनासा बढिरहेका छन् । सरकारी कार्यालयहरु अपाङ्गमैत्री नभएकामात्र होइनन्, सरकारले दिने भनिएको पाँच प्रतिशत आरक्षणसमेत व्यावहारिक र प्रभावकारीरुपमा पाउन नसकेका गुनासाहरु सुनिने गरेका छन् । अपाङ्गता भएकालाई सेवासुविधा लिन सहज बनाउने लक्ष्यअनुसार सरकारले केही वर्षअघि अपाङ्गमैत्री भवन बनाउने निर्णय गरे पनि त्यसको कार्यान्वयन अझैसम्म हुन सकिरहेको छैन । अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाउँदै गर्दा अपाङ्गता भएकाहरुका लागि यो दुःखको कुरा हो ।

- ADVERTISEMENT -

Advertisement

नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको यकिन तथ्याङ्क अझै स्पष्ट छैन । विश्व स्वास्थ्य संगठन र विश्व बैंकको तथ्याङ्कअनुसार १५ प्रतिशत नेपाली कुनै न कुनै रुपमा अपाङ्गताको अवस्थामा बाँचिरहेको उल्लेख छ । ०७८ को जनगणनाअनुसार कुल जनसंख्याको २.२ प्रतिशत अर्थात ६ लाख ४७ हजार ७४४ जना अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ । नेपालमा करिब ३० लाख व्यक्ति कुनै न कुनै रूपमा अपाङ्गता रहेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालले जनाएको छ । राज्यले अपाङ्गता भएका व्यक्तिहरुका हकमा शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, व्यक्तिगत स्वतन्त्रता र सामाजिक सुरक्षाजस्ता आधारभूत अधिकारको प्रत्याभूति दिलाउनैपर्छ । पछिल्लो समय स्थानीय तहमा अपाङ्गता समन्वय समितिमार्फत् पनि अपाङ्गता भएका व्यक्तिको वर्गाीकरण गरी अधिकार र ऐनमा उल्लेखित व्यवस्था कार्यान्वयन गर्न सहजीकरणका प्रयास भइरहेका छन् । आगामी दिनमा सबै क्षेत्र अपाङ्गमैत्री बनाउन राज्यका तीनै तहका सरकारले ध्यान दिनु आवश्यक देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96