२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

२८ बिगा सेमिफाइनलमा प्रवेश

भोलि पेङ्गुइन र घैरुङ एफसी भिड्दै
प्रकाशित मिति : २०८० चैत्र १ गते

चितवन / २८ बिगा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज (बुधबार) सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमीविरुद्ध सहज जित निकाल्दै २८ बिगाले सेमिफाइनलमा स्थान पक्का गरेको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा २८ बिगा ० का विरुद्ध ४ गोलले विजयी भयो ।

- ADVERTISEMENT -

Advertisement

२८ बिगाको जितमा अजित लामा, गणेश हमाल, कृपा चौधरी र स्यामुएल सुनारले गोल गरे । चारै गोल दोस्रो हाफमा भएको थियो । दोस्रो हाफको पाचौं मिनेटमा अजितले गोल गर्दै २८ बिगालाई अग्रता दिलाए । लगत्तै सातौं मिनेटमा गणेशले अग्रता दोब्बर बनाए ।

२४ औं मिनेटमा कृपाले फ्री किकमा सुन्दर गोल गरेपछि २८ बिगाले ३–० को अग्रता लियो । ३४ औं मिनेटमा स्यामुएले गोल गरेपछि २८ बिगाले सहज जित दर्ता गरेको हो । २८ बिगाका अजित म्यान अफ दि म्याच भए ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा बिहीबार दोस्रो क्वाटरफाइनल खेल हुनेछ । दोस्रो क्वाटरफाइनलमा पेङ्गुइन भरतपुर २४ र घैरुङ एफसी गोरखा भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

चैत १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96