२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

महोत्सव अवलोकनका लागि नदीकिनारमा दर्शकको ओइरो [with video]

ज्योतिको बेजोड प्रस्तुतिले दर्शकलाई झुमाए
प्रकाशित मिति : २०८० चैत्र १३ गते

चितवन / सोमबार नारायणी नदी किनारमा दर्शक ओइरिएका छन्। चर्चित दोहोरी गायिका ज्योति मगर मञ्चमा आउने भएपछि दर्शकको घुइँचो लागेको हो। साँझपख पानी परे पनि ज्योति मगरको प्रस्तुतिमा दर्शकको कमी भएन। ‘सोल्टी मुसुक्कै, पैसा भुसुक्कै’ भन्दै मञ्च उक्लिएकी ज्योतिले केही थान नयाँ, पुराना गीत गाएर मनोरञ्जन प्रदान गरिन्।

फागु पर्वको दोस्रो दिन भएकोले पनि दर्शकको उपस्थिति राम्रो थियो। त्यसमाथि ज्योति मगरको लोकप्रियताका कारण पानी परे पनि हज्जारौँ दर्शक महोत्सवस्थलमा बसे। आधा दर्शक पानी परेकै कारण ज्योति नआउँदै बाहिरिसकेका थिए। पानी परेपछि आयोजकलाई दर्शक नहुने चिन्ता थियो। तर, ज्योति मगर मञ्चमा उक्लिएपछि थामिनसक्नुको भीड भयो। र, ज्योतिले ‘चोरी खान पल्केको यो सेक्सी बिरालो’, ‘चानचुने त कहाँ हो र जिम्माल बाउकी छोरी’, ‘दोहोरीमा र्‍याप’लगायतका गीत गाएर करिब डेढ घण्टा समय धकेलिन्।

- ADVERTISEMENT -

Advertisement

त्यसअघि गायक रवि रिमालले पनि विभिन्न गीत गाएर मनोरञ्जन दिलाए। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखाका कलाकाहरू जीवी सुनार, जुना डिसीलगायत स्थानीय कलाकारहरूले प्रस्तुति दिए। अन्य साँस्कृतिक कार्यक्रममार्फत आदिवासी जनजाति समुदायको पहिचान झल्किने गीतमा नृत्यसमेत भएको थियो।

कार्यक्रममा सोमबार पनि दश हजारभन्दा बढी दर्शक भित्रिएको आयोजकले जनाएको छ। यही क्रममा आज मङ्गलबार भने एलिना चौहान, दिनेश काफ्लेलगायतका ख्यातिप्राप्त कलाकारहरू महोत्सवमा उपस्थिति हुने महोत्सवको साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए। साथमा दोहोरी गीत प्रतिष्ठान तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले निरन्तरता पाउने उनले बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96