२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उपनिर्वाचन इलामको मतगणना ११ बजे सुरु

प्रकाशित मिति : २०८१ बैशाख १६ गते
File photo.

इलाम / इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना आज (आइतबार) बिहान ११ बजेपछि हुने भएको छ । शनिबार भएको मतदानको गणना केही बेरअघि सम्पन्न सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार बिहान ७ बजेदेखि नै मतगणना गर्ने तयारी थियो तर सर्वदलीय बैठक हुन समय लागेकाले ११ बजेदेखि मात्र गणना गर्ने निर्णय भएको हो । इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृहमा मतगणना हुनेछ । गणनास्थलमा ११ वटा सिसी क्यामेरा जडान गरिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

मतगणना स्थलमा भीड हुन नदिन चोक बजारमा रहेको ‘डिस्प्लेबोर्ड’मा परिणाम सार्वजनिक गरिने छ । मतपरिणाम एक–एक घण्टाको अन्तरालमा सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो ।

शनिबार बिहान ७ साँझ ५ बजेसम्म भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13