२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिने

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते
File photo.

काठमाडौं / पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पनि अनुसन्धान अघि बढ्ने भएको छ ।

कास्की जिल्ला अदालतले बिहीबार सहकारी ठगीसम्बन्धी अपराधमा पक्राउ परेका उनीहरूलाई सम्पत्ति शुद्धीकरण मुद्दामा समेत अनुसन्धान गर्न अनुमति दिएको हो ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला सरकारी वकिल कार्यालय र प्रहरीले अदालतसमक्ष २५ दिनको म्याद थपको माग गर्दै प्रतिवेदन पेश गरेका थिए, तर न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ७ दिनको मात्रै अनुमति दिएको छ ।

सरकारी वकिलहरूले बयान प्रक्रिया अधुरो रहेको र सम्पत्ति शुद्धीकरण सम्बन्धी कागजातहरू अझै संकलन गर्न बाँकी रहेकाले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने बताएको थियो ।

अधिवक्ता युवराज पराजुलीका अनुसार अनुसन्धानको लागि बैंक स्टेटमेन्ट, सम्पत्ति विवरण, र कर विवरणजस्ता आवश्यक कागजातहरू जुटाउन समय लाग्ने भएकाले थप म्यादको माग गरिएको थियो ।

यो मुद्दामा सूर्यदर्शन सहकारीकी पूर्वकर्मचारी लीला पछाईंमाथि पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्ने अनुमति दिइएको छ । लामिछाने र जोशीसँगै पक्राउ परेका पछाईं अहिले हिरासतमा छन् ।

अदालतको निर्णयसँगै अब लामिछाने, जोशी, र पछाईंविरुद्ध संगठित अपराध, सहकारी ठगी, र सम्पत्ति शुद्धीकरण तीनवटै मुद्दामा अनुसन्धान अघि बढ्नेछ । संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि ६० दिन हदम्याद हुन्छ भने सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्छ ।

सहकारीको रकम गोर्खा मिडियामा सारेर अपचलन गरेको आरोप लामिछाने र जोशीमाथि छ । लामिछाने गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक र जोशी पूर्वउपाध्यक्ष हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20