२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

१५औं चितवन महोत्सव प्रवद्र्धनका लागि साइकल र्याली

प्रकाशित मिति : २०८१ पुष २२ गते

चितवन / चितवन महोत्सव प्रवद्र्धनका लागि साइकल र्याली निकालिएको छ । यही पुष २५ देखि माघ १० गतेसम्म १५ औं संस्करणको महोत्सव नारायणी नदी किनारमा हुँदैछ ।

चितवन महोत्सव मुल आयोजक समिति, साइकल व्यवसायी संघ चितवन–नवलपुर र चितवन साइकल राइडर्स क्लबको संयुक्त आयोजनामा साइकल र्याली निकालिएको हो ।

- ADVERTISEMENT -

Advertisement

उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीका अनुसार साइकल चलाउने प्रवृत्तिलाई प्रर्वद्धन गरी वातावरण संरक्षणप्रति समुदायलाई सचेत गराई चितवन महोत्सवको प्रर्वद्धन गर्ने उद्देश्यले र्यालीको आयोजना गरिएको हो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् चितवन महोत्सव मुल आयोजक समितिका संयोजक सुमन कुमार श्रेष्ठ, चितवन साइकल राइडर्स क्लबका अध्यक्ष पदम बहादुर बानियाँ र साइकल व्यवसायी संघ चितवन–नवलपुरका अध्यक्ष वलराम अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेपछि र्याली सुरु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

दुई चरणमा गरिएको र्यालीमा पहिलो चरणमा करिव १०० भन्दा बढी र दोश्रो चरणको र्यालीमा ४१ जना सहभागि भएका सुवेदीले जानकारी दिए ।

¥याली उद्योग वाणिज्य संघ (उवासंघ) चितवन परिसरबाट सुरु भएको पहिलो चरणको र्याली लीला चोक, पोखरा बसपार्क, आँपटारी, बाइपासरोड, केन्द्रीय बस टर्मिनल (पारस बसपार्क), हाकिमचोक, चौबिसकोठी, लायन्सचोक, शहिदचोक, पुलचोक हुँदै पुनः उवासंघ परिसरमै आएर सकिएको थियो ।

सुवेदीका अनुसार पहिलो चरणको र्याली सकिएपश्चात दोश्रो चरणको र्याली सुरु भएको थियो । दोश्रो चरणमा उवासंघ परिसरबाट पुलचोक, शहिदचोक, वेलचोक, धर्मचोक, यज्ञपूरी, टाईगरचोक, चोकबजार, गीतानगर, पकौडी, पटिहानी, बोटेटोल, हुँदै भरतपुर महानगरपालिका २२ मा रहेको स्टोनपार्कमा पुगेर पुनः उवासंघ परिसरमै फर्किएको हो ।

स्टोनपार्क परिसरमा एक कार्यक्रमका बीच भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतो, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष एवम् चितवन महोत्सव प्रर्वद्धन समितिका संयोजक राजेन्द्र ओली, राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानका संयोजक अपील घिमिरे, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुहरुले साइकल राइडर्सहरुलाई स्वागतसहित सम्मान गरेका थिए । सो अवसरमा आफ्नो जीवनको उत्तराद्र्धसम्म पनि साइकलबाट नै यात्रा गरेका १२ जना अग्रजहरुलाई सम्मान समेत गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै उवासंघका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सवले सम्पूर्ण चितवनवासीलाई अपनत्वको आभाष दिलाउँदै भव्यताका साथ सम्पन्न गर्नका लागि सबैको साथ र सहयोग रहि आएको र आगामि दिनमा पनि रहिरहने विश्वास व्यक्त गरे ।

चितवन साइकल राइडर्स क्लबले महोत्सवको प्रर्वद्धनमा पुर्याउँदै आइरहेको योगदानको लागि धन्यवाद दिँदै ओलीले आगामी दिनमा सहकार्य गर्दै जाने विश्वास व्यक्त गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11