२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

नेपाल फेरि उपविजेता, म्यानमार बन्यो च्याम्पियन

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते

काठमाडौं / अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारले चुमेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न भएको उक्त प्रतियोगितामा घरेलु टोली नेपाललाई उपविजेता बनाउँदै म्यानमारले उपाधि जितेको हो ।
खेलमा घरेलु टोली नेपालले फिफा वरीयतामा आफूभन्दा ४८ स्थानमाथिको म्यानमारसँग २–० गोल अन्तरले उपविजेता बन्यो ।

नेपाली महिला टिम हालसम्म १३औं पटक उपविजेतामा सीमित भएको छ । नेपालले सन् २०१० यता १५ वर्षमा १३ फाइनल खेले पनि हालसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १५ हजार ५६८ दर्शकमाझ सम्पन्न खेलमा दुवै गोल म्यानमारले दोस्रो हाफमा गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको दुई मिनेटको अन्तरमा दुई गोल खाएको थियो । खेलको ६२ मिनेटमा म्यानमारले अग्रता लिएको थियो । नो पो खिनले गोल गर्दै घरेलु दर्शकलाई स्तब्ध पारिन् । उनले डिबक्स नजिकबाट बल कुदाएर दोस्रो ब्यार च्याप्दै बललाई जाली चुमाउँदा नेपाल दर्शक शान्त हुन बाध्य भए ।

दुई मिनेटपछि म्यानमारले दोश्रो गोल गरेर अग्रता दोब्बर पार्यो । म्यानमारकी कप्तान विन तुनले डिबक्स नजिकबाट हानेको प्रहार नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको खुट्टामा लागेर गोल भयो । नेपालकी डिफेन्डर गीता रानाले एन्जिलाको खुट्टाबाट फुत्किएको बल रोक्ने प्रयास गरे पनि सफल हुन सकिनन् ।

त्यसअघि खेलको १० औं मिनेटमा एन्जिलाले यन वादीको प्रहार विफल पारिन् । २४ मिनेटमा नेपालकी डिफेन्डर विमला विकले गोललाइनबाट बल क्लियर गर्दै नेपालको संकट टारिन् । त्यसअघि म्यानमारकी सान्थ्वाले डिबक्स भित्रबाट सशक्त प्रहार गरेकी थिइन् ।

खेलको ३५ मिनेटमा नेपालले गोल गर्ने सुन्दर मौका खेर फाल्यो । रेखा पौडेलको पासमा सावित्रा भण्डारीले हानेको प्रहार म्यानमारको गोलकिपरले फर्काइन् । रिबाउन्डमा रेखा पौडेल पनि सफल हुन सकिनन् । फेरि सो बल डिबक्समा क्लियर हुन नसके पनि नेपाल फिनिसिङमा चुक्यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20