–निशा श्रेष्ठ
चितवन । कोरोना (कोभिड १९) को जोखिम समूहमध्ये गर्भवती महिला पनि एक हुन् । दिनानुदिन कोरोना संक्रमण फैलिरहँदा चितवनका अस्पतालहरुमा कोरोनाका बिरामीले भरिएका छन । यही अवस्थाका बीच सुरक्षित डेलिभरी गर्न अस्पताल गएका गर्भवती महिला झनै जोखिममा छन् । तर भरतपुर अस्पतालले भने संक्रमित गर्भवती महिलालाई सुरक्षित सुत्केरी सेवा दिइरहेका छन् ।
चितवन जिल्लामा रहेका भरतपुर अस्पतालले हालसम्म ७ जना कोरोना संक्रमित गर्भवती महिलाको सुरक्षित रुपमा सुत्केरी गराएको जनाएको छ । ४ जनाको शल्यक्रिया ३ जनाको नर्मल डेलिभरी गराएको अस्पतालका सिनियर कन्सलट्यान्ट स्त्री तथा प्रसूती रोग विशषेज्ञ डा. रामप्रसाद सापकोटा जानकारी दिनुभयो ।
बैशाख ५ गते मात्र भरतपुर अस्पतालमा पहिलो संक्रमित भर्ना भएका थिए । अहिले एक जना संक्रमित गर्भवती महिला आइसोलेसना रहेको डा. सापकोटाले बताउनुभयो । उहाँको अपरेसन गर्नुपर्ने भएकाले कहिले गर्ने भन्ने बारे सल्लाह भइरहेको बताउनुभयो ।
कोरोना संक्रमित सबैजाना सुत्केरी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेका छन् । नेपाल सरकारको नियम अनुसार नै लक्षण नभएको खण्डमा घरमा राम्रो होम आइसोलेसनको व्यवस्था भएको अवस्थामा घरमै बस्न सकिने प्रावधान मिलाइएको छ । सोही अनुसार नै स्थानीय सरकारसँगको समन्वयमा घर पठाइएको डा. सापकोटाले बताउनुभयो ।
आमालाई पोजेटिभ देखिएपनि बच्चामा भने अहिलेसम्म कोरोना संक्रमणको नदेखिएको उहाँ बताउनुहुन्छ । बच्चा जन्मिसकेपछि ४८ घण्टाभित्र कोरोना परीक्षण गर्दा पोजेटिभ नदेखिएको उहाँले जानकारी दिनुभयो । “कतिपय बच्चाको कोरोना अभिभावकले जाँच्न मान्नुहुन्न, उहाँले भन्नुभयो, तर वच्चामा १४ दिन बितिसक्दा कुनै किसिमको लक्षण देखिएको छैन ।”
दैनिक २५ देखि ३० जना गर्भवतीको सुत्केरी गराउने भरतपुर अस्पतालमा गर्भवतीको पिसिआर रिपोर्ट आउन ढिला हुँदा समस्या भइरहेको डा.सापकोटाको गुनासो छ । “कहिलेकाहीँ महिलाहरु व्यथा लागेर अस्पताल आएका हुन्छन्, तर पिसिआर रिपोर्ट आइसकेको हुँदैन”, उहाँले भन्नुभयो । रिपोर्ट आउन नै चार–पाँच दिन लाग्छ । गर्भवतीको पिसिआर रिपोर्ट छिटो आउने व्यवस्था गरेको खण्डमा काम गर्न सहज हुने उहाँको भनाई छ । “तर पिसीआरकै कारण इमरजेन्सीमा आएका गर्भवतीलाई रोकका छैनौ र त्यस्तो अवस्था पनि आउँदैन”, उहाँले भन्नुभयो ।
भरतपुर अस्पतालले कोरोना पोजेटिभ गर्भवतीको लागि अपरेसन थिएटर, अपरेसन बाहेकका लागि भनेर नर्मल डेलिभरी कक्ष, वेटिङ रुम र डेलिभरी पश्चात् बच्चाको राख्नको लागि एनाइसियु कक्ष छुट्टेै तयार गरेको छ ।
नर्मल डेलिभरीमा खटिदा सामान्य फेस सिल्ड,पन्जा,गाउन,चस्मा लगाएर गर्ने गरेकोमा कोरोना संक्रमित गर्भवतीको सुत्केरी गराउँदा चिकित्सकले पूर्णरुपमा पिपिई लगाएर काम गर्ने गरेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

७ जना कोरोना संक्रमित महिलाको सुरक्षित सुत्केरी : भरतपुर अस्पताल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36














