Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रास्वपाको ‘बटमलाइन’ले संसद् खुलाउन बढायो गतिरोध, ओझेलमा नागरिकका सवाल

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते

काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरूले दुई सातादेखि संसद् अवरुद्ध गर्दा मुलुकको बजेट, महत्त्वपूर्ण विधेयक र नागरिकका सवालहरू ओझेलमा परेका छन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई जोडेर संसदीय छानबिनको माग गर्दै निरन्तर संसद् अवरुद्ध भइरहेको हो ।

- ADVERTISEMENT -

Advertisement

गतिरोध अन्त्यका लागि सत्तारूढ र विपक्षी दलहरूबीच पटक-पटक वार्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अडानका कारण सहमति जुट्न सकेको छैन । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखमाथि अख्तियारले छानबिन थालेपछि विपक्षी माओवादी र रास्वपाले गृहमन्त्रीमाथि समेत अनुसन्धान गर्न अधिकारसम्पन्न संसदीय समिति गठन हुनुपर्ने माग राखेका हुन् । यही मागलाई लिएर १३ जेठयता बजेट प्रस्तुत गर्ने दिनबाहेक संसद् बैठक चल्न सकेको छैन ।

संसद् खुलाउने विषयमा सत्तारूढ एमाले-कांग्रेस र प्रमुख प्रतिपक्षी माओवादीबीच ‘मध्यमार्गी समाधान खोज्ने’ सैद्धान्तिक समझदारी भइसकेको छ । माओवादीले ‘अख्तियारको अनुसन्धानलाई सघाउने र अध्यागमनमा नीतिगत, कानुनी तथा संरचनागत सुधार गर्ने’ दुईबुँदे प्रस्ताव अघि सारेर लचकता देखाएको छ । 

तर, रास्वपाले उक्त प्रस्ताव अस्वीकार गर्दै संसदीय छानबिन समितिको गठनलाई आफ्नो ‘बटमलाइन’ बनाएको छ । सत्तारूढ दलहरू भने संवैधानिक निकायले छानबिन गरिरहेको विषयमा अर्को समिति बनाउनु असान्दर्भिक हुने र यो माग पूर्वाग्रहबाट प्रेरित रहेको बताउँछन् ।

संसद्को यो गतिरोधले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल पूर्ण रूपमा रोकिएको छ । बजेटमा आफ्ना कार्यकर्तालाई पोस्ने गरी कार्यक्रम राखिएको, असमान वितरण भएको र विवादास्पद शीर्षकमा रकम विनियोजन गरिएको जस्ता गम्भीर आरोपमाथि बहस हुन पाएको छैन । यसैगरी, लामो समयदेखि प्रतीक्षामा रहेका संघीय निजामती र शिक्षासम्बन्धी विधेयकहरू पनि अनिश्चित बनेका छन् ।

प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङ भ्रमणबाट फर्केपछि बिहीबार निर्णायक वार्ता हुने र गतिरोध अन्त्य हुने आशा गरिएको छ । तर, रास्वपा आफ्नो अडानबाट पछि नहटेमा सहमति टाढिने र मुलुकको विधायिकी प्रक्रिया थप जटिल बन्ने देखिन्छ ।

गत वर्ष तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध कांग्रेसले यस्तै प्रकृतिको माग राखेर संसद् अवरुद्ध गरेको थियो, जसलाई अहिले रास्वपाले ‘बदलाको राजनीति’ को अवसरका रूपमा लिएको सत्तारूढ दलका नेताहरूको आरोप छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22