चितवनमा थप ४७ संक्रमित, भरतपुरकै २१ जना

0
19

चितवन / चितवनमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा सोमबार गरिएको परीक्षणमा चितवनका २३ जना सहित ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना रहेका छन् । जसमध्ये १४ जना पुरुष र ७ जना महिला रहेका छन् ।
यस्तै खैरहनी नगरपालिका–२ का ७५ वर्षीय पुरुष र रत्ननगर नगरपालिका–१ की २६ वर्षीया महिलामा भाइरस फेला परेको छ ।
त्यसैगरि मकवानपुरका १५ जना, नवलपरासी पूर्व गैंडाकोटका २ जना, रौतहट, सर्लाही, तनहुँ र झापाका एक र एक जनामा संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा आज कुल ३५८ नमुना परीक्षण गरिएको थियो ।