२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

ट्रम्पद्वारा भारतविरुद्ध कडा कदम, भन्सार महसुलमा थप २५ प्रतिशत वृद्धि गर्ने

प्रकाशित मिति : २०८२ श्रावण २२ गते

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै वस्तुमा २५ प्रतिशत थप भन्सार महसुल लगाउने निर्णय गरेका छन् । यो नयाँ महसुल यसअघि लागु भइसकेको २५ प्रतिशतसँग जोडिएर कुल ५० प्रतिशत पुग्नेछ। यो निर्णय कार्यान्वयनमा आउन २१ दिन लाग्ने बताइएको छ । ट्रम्प प्रशासनले भारतले अझै पनि रूसी तेल आयात गरिरहेको भन्दै यो निर्णय गरेको हो ।

यसअघि जुलाई ३१ मा नै उनले २५ प्रतिशत महसुलको घोषणा गरेका थिए । नयाँ निर्णयसँगै भारतबाट अमेरिका जाने आयातमा कुल ५० प्रतिशत भन्सार महसुल लाग्नेछ । ‘रुसको तेल किनिरहेको भारतबाट हुने आयातमा थप महसुल लगाउन आवश्यक र उचित ठान्दछु,’ ट्रम्पले कार्यकारी आदेशमा भनेका छन् ।

- ADVERTISEMENT -

Advertisement

यसको जवाफमा भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै उक्त कदमलाई “अनुचित, अकारण र तर्कहीन” भनेको छ । अमेरिका र युरोप आफैंले पनि रूससँग ठूलो परिमाणमा व्यापार गरिरहेका छन्, तर भारतलाई मात्र निशाना बनाइएको भारतले आरोप लगाएको छ । उता, चीन, युरोप र अमेरिका आफैंले पनि रूसबाट अरबौं डलरको तेल र अन्य सामाग्री किनिरहेका छन्, तर उनीहरूमाथि कुनै कारवाही गरिएको छैन ।

ट्रम्पको यो निर्णय उनका विशेष दूत स्टीव विटकॉफ़ले पुटिनसँग भेट गरेपछि आएको हो । विश्लेषकहरूका अनुसार यसले भारत(अमेरिका व्यापारिक सम्बन्धमा थप तनाव ल्याउने जोखिम बढेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10