Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

माधव नेपालमाथि चुलियो भ्रष्टाचार मुद्दा र आन्तरिक कलह

एकीकृत समाजवादीद्वारा निर्णायक बैठक आह्वान
प्रकाशित मिति : २०८२ श्रावण २४ गते
file photo.

काठमाडौं / पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएपछि चुलिएको आन्तरिक कलह र नेतृत्वको विवादबीच नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीभित्र सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष नेपालबीच तीव्र वाकयुद्ध चलिरहेको र नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको तनावपूर्ण अवस्थामा यी बैठकहरू आह्वान गरिएका हुन् ।

पार्टी महासचिव घनश्याम भूसालका अनुसार, सबैभन्दा महत्त्वपूर्ण मानिएको केन्द्रीय कमिटीको बैठक आगामी भदौ ७ र ८ गते काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेनुमा बस्ने तय भएको छ । त्यसअघि, भदौ ४ गते स्थायी कमिटी र ५ गते पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ । सबै बैठक बिहान ११ बजेदेखि सुरु हुने महासचिव भूसालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

विवादको जड : पतञ्जलि प्रकरण र नेतृत्वको प्रश्न
पछिल्लो समय पतञ्जलि योगपीठलाई जग्गा दिने प्रकरणमा अध्यक्ष नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि पार्टीभित्रको विवाद सतहमा आएको हो । भ्रष्टाचार जस्तो गम्भीर आरोप लागेपछि पनि अध्यक्ष नेपालले पार्टी नेतृत्व छाड्नुपर्ने नैतिक दबाब बढेको छ ।

यही विषयमा सार्वजनिक रूपमा प्रश्न उठाएको भन्दै पार्टीले सचिवसमेत रहेकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिसकेको छ । यसले पार्टीभित्र फरक मत राख्नेहरूलाई निरुत्साहित गर्न खोजिएको भन्दै आलोचना भइरहेको छ ।

त्यसैगरी, सम्मानित नेता झलनाथ खनालले पनि अध्यक्ष नेपालको नेतृत्वमाथि कडा प्रश्न उठाउँदै आएका छन् । स्रोतका अनुसार, खनाल र नेपालबीच यही विषयलाई लिएर पटक(पटक कडा सवालजवाफ चलेको छ, जसले पार्टीको शीर्ष तहमा गहिरो दरार पैदा भएको संकेत गर्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22