२०८३ बैशाख २, बुधबार
April 15, 2026
२०८३ बैशाख २, बुधबार
April 15, 2026 Wednesday
- ADVERTISEMENT -

औद्योगिक प्रर्बद्धनात्मक कार्यहरुले प्राथमिकता पाउने छ – मुख्यमन्त्री बानियाँ

प्रकाशित मिति : २०८२ भाद्र १५ गते

भरतपुर । चितवन उद्योग संघको ३४ औं बार्षिक साधारण सभा एवं १८ औं अधिवेशन तथा चितवन औद्योगिक विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ ।


चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका कार्यबाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ प्रमुख अतिथि रहनु भएको थियो । 

- ADVERTISEMENT -

Advertisement

प्रमुख अतिथि बानियाँले उद्योगीहरुको संस्था चितवन उद्योग संघको १८ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकालमा औद्योगिक प्रर्बद्धनात्मक कार्यहरुले प्राथमिकता पाउने विश्वास व्यक्त गर्नुभयो ।


चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका कार्य वाहक अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा लोक कल्यान सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री रामजानकी बालिका आश्रम, देवघाटमा आश्रित वालिकाहरुले स्वस्ती वाचन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।


कार्यक्रममा चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले चितवन उद्योग संघको विगत र वर्तमान भएका गतिविधिहरुको प्रस्तुतिकरण गर्नुभएको थियो ।


साधारणसभाको अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, अतिथिलाई प्रदान गरिने मायाको चिनोमा खर्चिने रकमलाई नयाँ अभियान अनुरुप प्रमुख अतिथिबाट लोक कल्यान सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री रामजानकी बालिका आश्रम, देवघाटलाई रु३४,४३४।– रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।


साधारणसभाको अवसरमा चितवन उद्योग संघको पालिका समितिहरु मध्येबाट आ.व.०८१/०८२ मा सर्वोत्कृष्ट हुन सफल चितवन उद्योग संघ, रत्ननगर समितिलाई, संघ तथा साकोसका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । 

चितवन उद्योग संघको कर्मचारीहरु मध्येबाट चिवतन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, चितवन औद्योगिक विकास सोकोसको कर्मचारीहरु मध्येबाट साकोसकी व्यवस्थापक प्रमिला थापालाई पुरस्कृत गरिएको थियो ।


त्यस्तै चितवन औद्योगिक साकोसतर्फ विभिन्न बिधाहरुमा सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । आदर्श ऋणी (धितो जमानत) तर्फ सेवक ग्रुप प्रा.लि.का विनोद पन्त, निकमल ईञ्जिनियरिङ्गका ऋषिराम तिमिल्सिना, डोको नाम्लो किसान घरका भरत दवाडीलाई, आदर्श ऋणी (समूह जमानत) तर्फ भण्डारी ग्रिल उद्योगका गोमा शर्मा, गोल्डेन जि.एम.सी मसला उद्योगका विक्रम सापकोटा, सापकोटा ईञ्जिनियरिङ्ग वर्कसपका रुद्र प्रसाद सापकोटालाई, प्रविधिको उच्चतम् सदुपयोग तथा सक्रिय शेयर सदस्य कृति फोटो स्टुडियोका कृष्ण प्रसाद न्यौपाने, बाल बचतकर्ता रोयल पेन्ट्स प्रा.लि.का प्रणव भण्डारी, आदर्श बचतकर्ता लामिछाने एण्ड सन्स खाद्य उद्योगका टीकाराम शर्मा लामिछाने, राजेन्द्र ग्रिल उद्योगका मेहरमान श्रेष्ठ, चितवन मेटल इञ्जिनियरिङ्ग एण्ड फेब्रिकेसन उद्योग समितिलाई चितवन मेटल इञ्जिनियरिङ्ग एण्ड फेब्रिकेसन उद्योग समितिलाई, जेष्ठ शेयर सदस्य पुरुषतर्फ बुढानिलकण्ठ ब्रिडर्स फार्मस् प्रा.लि.का देवेन्द्र श्रेष्ठ (७२ वर्ष), जेष्ठ शेयर सदस्य महिलातर्फ स्वस्ती व्युटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरकी सितादेवी सोती (६७ वर्ष) लाई सम्मान एवम् पुरस्कृत गरिएको थियो ।


साधारणसभाको औपचारिक कार्यक्रमलाई चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका कार्य वाहक अध्यक्ष मदन घिमिरेले संघ तथा साकोसको कार्यसमिति/सञ्चालक समिति विघटन गरी प्रमुख निर्वाचन अधिकृत अधिवक्ता फुलमाया रानाभाटलाई निर्वाचन सत्र सञ्चालन गर्न फ्लोर हस्तान्तरण गर्नुभएको थियो ।


चितवन जिल्ला अदालत वार एशोसिएसनका अध्यक्ष, संघका कानूनी सल्लाहकार फुलमाया रानाभाट प्रमुख निर्वाचन अधिकृत रहनु भएको निर्वाचन समितिको सदस्यहरुमा उद्योग तथा वाणिज्य कार्यालय चितवनका कार्यालय प्रमुख विनोद पौडेल, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल सदस्य रहनुभएको थियो ।


प्रमुख निर्वाचन अधिकृतले नवनिर्वाचित समितिको नामावली घोषणा गर्नुभएको थियो । चितवन उद्योग संघको १८ औं कार्यसमितिको अध्यक्षमा मदन घिमिरे, उपाध्यक्षहरुमा गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुप कुमार बराल, प्रमेश्वर भण्डारी, विशाल चापागाई, कार्यसमिति सदस्यहरुमा सुवासचन्द्र गौतम, प्रतिभा श्रेष्ठ, अन्तोष बमजन, खिलप्रसाद घिमिरे, जिताराम महतो, रामहरि कँडेल, सुरेन्द्र कार्की, ओमकार कँडेल, आनन्द पौडेल, सृजना सोती, अश्विन गोले, शेषमणी भट्टराई, प्रकाश पौडेल, अनुजराज पन्त, दिपेश श्रेष्ठ, ई.प्रदिप पौडेल, सरिता खनाल पौडेल, भरत दवाडी रहनुभएको छ । 

नवनिर्वाचित अध्यक्षलाई गभर्निङ काउन्सिलका उपाध्यक्षबाट र नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई निवनिर्वाचित अध्यक्षले सपथ खुवाउनु भएको थियो ।


चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसको संयुक्त रुपमा आयोजना गरिएको साधारणसभाको संघतर्फ चितवन उद्योग संघका कार्य वाहक अध्यक्ष मदन घिमिरेले अध्यक्षको प्रतिवेदन, चितवन उद्योग संघका कार्यकारी निर्देशकले संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत, संघका उपाध्यक्ष एवम् आर्थिक, योजना तथा निर्माण विभाग प्रमुख गजेन्द्र अधिकारीले आ.व. ०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

त्यस्तै साकोसतर्फ चितवन औद्योगिक विकास साकोसका कार्य वाहक अध्यक्ष मदन घिमिरेले आ.व.०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन, सचिव सरिता खनाल पौडेल आ.व.०८१/०८२ को सचिवको प्रतिवेदन, कोषाध्यक्ष प्रमेश्वर भण्डारीले आ.व.०८१/०८२ को आर्थिक प्रतिवेदन तथा ०८२/०८३ को प्रस्तावित नीति कार्यक्रम तथा बजेट, लेखा सुपरीवेक्षण समितिका सदस्य दण्डपाणी भट्टले आ.व.०८१/०८२ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघ तथा साकोसतर्फ प्रस्तुत गरिएका प्रतिवेदन उपर छलफल तथा अनुमोदन समेत गरिएको थियो ।


चितवन औद्योगिक विकासको बन्द सत्र कार्यक्रममा चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका उपाध्यक्ष एवम् चितवन औद्योगिक विकास साकोसका पूर्व अध्यक्ष राजु पौडेल, चितवन उद्योग संघ पूर्व अध्यक्ष मण्डलका अध्यक्ष एवम् चितवन औद्योगिक विकास साकोसका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार त्रिलोचन कँडेलले साधारणसभाको सफलताको शुभकामना र अधिवेशनबाट निर्वाचत समितिलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85