२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कर्फ्युको समय बढाइयो काठमाडौंमा, पूर्ण प्रतिबन्ध यी क्षेत्र

प्रकाशित मिति : २०८२ भाद्र २४ गते
file photo.

काठमाडौं / जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीका विभिन्न संवेदनशील क्षेत्रमा जारी गरेको कर्फ्युको समय थप गरेको छ । यसअघि सोमबार राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु अब मंगलबार बिहान ५ बजेसम्मका लागि बढाइएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेशअनुसार, शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज, हरितगृह (उपराष्ट्रपति कार्यालय) लैनचौर, नारायणहिटी दरबार सङ्ग्रहालय, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी रहनेछ । यी क्षेत्रहरूमा सर्वसाधारणको आवागमन पूर्ण रूपमा निषेध गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

विशेष गरी, नयाँ बानेश्वर क्षेत्रमा कर्फ्युको दायरा फराकिलो बनाइएको छ । बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, पूर्वमा मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, उत्तरमा आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र दक्षिणमा शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कर्फ्यु आदेश लागू हुनेछ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यो आदेश जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयले यसअघि सोमबार दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्युको घोषणा गरेको थियो । शान्ति सुरक्षा कायम राख्न र कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी यो आदेश जारी गरिएको प्रजिअ रिजालले स्पष्ट पारेका छन् ।

काठमाडौँमा हालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कुनै अप्रिय घटना हुन नदिनका लागि प्रशासनले यो कदम चालेको बुझिएको छ । सर्वसाधारणलाई तोकिएको समय र क्षेत्रमा आवागमन नगर्न र प्रशासनलाई सहयोग गर्न आग्रह गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51